साझा यातायातको टिकट अनलाइनबाट
काठमाडौं, २८ असोज । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ।
अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन् । ई –सेवा ‘एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने नभएका ग्राहकले नजिकैका ई –सेवा अङ्कित साइबर कम्यूनिकेशनबाट टिकट लिन सक्नेछन् ।
यसैगरी यात्रुले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न तरिकाबाट रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका छन् ।साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्र्धन गरेको बस सेवा डटकमसँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसमा अनलाइनबाट टिकट काट्न सकिने छ । साझा यातायातका बस काठमाडौंदेखि रूपन्देहीको भैरहवा र बागलुङका लागि सञ्चालनमा छन् ।
October 14, 2018 2:04 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।