साझा यातायातको टिकट अनलाइनबाट
काठमाडौं, २८ असोज । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ।
अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन् । ई –सेवा ‘एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने नभएका ग्राहकले नजिकैका ई –सेवा अङ्कित साइबर कम्यूनिकेशनबाट टिकट लिन सक्नेछन् ।
यसैगरी यात्रुले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न तरिकाबाट रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका छन् ।साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्र्धन गरेको बस सेवा डटकमसँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसमा अनलाइनबाट टिकट काट्न सकिने छ । साझा यातायातका बस काठमाडौंदेखि रूपन्देहीको भैरहवा र बागलुङका लागि सञ्चालनमा छन् ।
October 14, 2018 2:04 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने