Monday 22nd December 2025

धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या,दुई जना पक्राउ

7 years अगाडी

धनुषा । धनुषामा एक बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ परेका छन्  ।

दुर्गापूजाको मेला हेर्न गएकी १० वर्षीया अम्बिका कुमारी यादव हराएकी थिइन् । बालिकाको शव धानखेतबाट भेटिएको प्रहरीले बताए। अनुसन्धानका क्रममा विनोद मुखियाले पैसा दिएर बालिकालाई फकाएको खुलेपछि उनलाई पक्राउ गरेको हो । मुखियाको बयानपछि नथुनी पण्डित पनि पक्राउ परेका हुन्।

प्रहरीका अनुसार दुबै जनाले आरोप स्वीकार गरेका छन् । उनीहरुमाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाए ।

          October 14, 2018 7:33 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...