सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै
काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ ।
श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको नयाँ पत्रिकामा समाचार छ ।
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो ।
श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ ।
श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपाल सुन पठाउने काम गर्थे ।
रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो ।
दुई देशबच सुपुर्दगी सन्धि नभएको कारण युएईले उनलाई निष्काशन गरी नेपाललाई हस्तान्तरण गरेको हो ।
त्यस्तै, सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेति ‘गोरे’ का भाई रमेश उप्रेतिलाई पनि नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । उप्रेति पनि दुबईमा पक्राउ परिसकेका छन् ।
यसअघि नेपालले गोरेसहित १३ जनाबिरुद्ध रेड नोटिस जारी गरेको थियो ।
October 15, 2018 3:32 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।