कुवेत आएको २ महिना नहुँदै दसैंको मुखैमा एक नेपाली युवाको मृत्यु:
कुवेत, अक्टोबर १५- कुवेतमा एक नेपाली युवाको दुखद निधन भएको छ । पोखराका हरि बहादुर क्षेत्रीको अक्टोवर ५ तारिखमा कारको ठक्करबाट ज्यान गएको हो ।कुवेतको आरमर कम्पनीमा क्लिनरको काममा आएका उनको कुवेत आएको २ महिना नहुँदै दु:खद निधन भएको हो ।३१ वर्षिय हरिबहादुर नेपालको ह्युमन रिसोर्स म्यानपावरबाट करिब २ महिना पहिले मात्र कुवेत आएका हुन । मृतक हरिबहादुर कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा क्लिनरको काम गर्दै आएका थिए ।
फर्वानियामा कम्पनीको कोठामा बसेका उनी गत ५ तारिख बेलुका खाना खाएर बाहिर निस्केपछि कोठामा नआएको उनीसँगै काम गर्ने म्याग्दीका बिमल मगरले जानकारी दिए । कुवेतको स्थानीय समय अनुसार करिब ९ बजे बाहिर निस्केका उनी कोठामा नफर्केपछी खोजी भएको थियो ।उनको मृत्यु बारे गत बिहीवार ११ तारिख मात्र कम्पनीले जानकारी गराएको पनि बिमल मगरले बताए ।
नेपाली दूतावास कुवेतले घटना बारे मृतकको घरमा जानकारी गराइसकेको छ । उनी रातको समयमा रक्सी खाएर हिडेको र सोही समयमा कारले ठक्कर दिएको बुझिएको नेपाली दूतावास कुवेतका द्धितिय सचिव ज्ञान बहादुर मगरले बताए । यद्यपि उनका सहकर्मीले पनि हरिबहादुर रक्सि खाएर बाहिर निस्केको बताएका छन ।
मृतकको शव नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया पूरा भैसकेको र कम्पनीसँग समन्वय गरेर आवश्यक क्षेतीपुर्तीको लागि पहल गरिरहेको द्धितिय सचीव ज्ञान बहादुर मगरले जानकारी दिए । उनको शव तुरुन्तै नेपाल पठाइने पनि द्धितिय सचीव मगरले बताए ।
मृतक हरिबहादुरको घरमा ९ महिनाकी छोरी, श्रीमति रहेको बुझिएको छ । श्रोत – हाम्रो सन्चार डटकम
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने