२० वर्षीया मोडल मानुसीको हत्या, सुटकेसमा खाँदेर झाडीमा फालिएको अवस्थामा भेटियो शव !
काठमाडौं, ३० असोज । मुम्बईमा एक मोडलको हत्याले सनसनी मच्चाएको छ । ती मोडलको हत्या मात्र गरिएन, उनको लाशलाई सुटकेशमा हालेर झाडीमा फालिएको छ । प्रहरीका अनुसार ती मोडल २० वर्षकी हुन्, भने हैदरबादका बासिन्दा हुन् ।

२० वर्षीया ती मोडल भर्खर चर्चामा आउन थालेकी थिइन् । उनी सिल्भर स्क्रीनमा छाउन थालेकी थिइन्, भने बलिउडमा आएर आफुलाई चर्चित बनाउन चाहन्थिन् । तर उनको यो सपना सपनानै बनेको छ । ग्ल्यामर क्षेत्रमा आफुलाई अब्बल सावित नगर्दै उनको हत्या भएको छ । यो कुरा २० वर्षीया मोडल मानसी दिक्षीतको हो ।
अर्का २० वर्षीय युवकले मानसीको हत्या गरेका हुन्, भने उनको लाशलाई ट्राभल ब्यागमा खाँदेर मलाडको माइण्डस्पेस नजिकैको ठूलो झाडीमा फ्याँकेका थिए । ती आरोपित युवक मोडल मानुसीको साथी भएको बताइएको छ ।

युवकले मुम्बईमा मध्यरातको समयमा सबै सुतिरहेको समयमा ती २० वर्षीया मोडल मानसीको शब ठेकान लगाएका थिए । यसरी मध्यरातमा शबलाई ठकान त लगाए तर उनी आफुलाई बचाउन सकेनन् । उनी सीधै प्रहरीको फन्दामा परे । तर अहिलेसम्म किन उनले ती मोडल साथीको हत्य गरे भन्ने विषयमा कुरा खोलेका छैनन् ।
मुम्बई प्रहरीको डिसिपी संग्राम सिंह निसानदारका अनुसार हत्या गरिएकी मानुसी दिक्षीत एक मोडल थिइन् । उनी राजस्थानका स्थायी बासिन्दा हुन् । मानसीदे कयौं म्युजिक भिडियो तथा सर्ट फिल्महरुमा काम गरिसकेकी थिइन् । तर यता आरोपित ती युवक मुजम्मिल सैय्याद भने हैदरबादका स्थायी बासिन्दा हुन् । उनी केहि दिन पहिले मात्रै मुम्बई आएका थिए ।
अहिलेसम्म ती युवकले मोडल मानुसीको हत्या किन गरे भन्ने कुरा भने खुल्न सकेको छैन । प्रहरीको अनुसार आरोपित युवकले आफ्नो बयान परिवर्तन गरिरहेका छन् । तप्ी आरोपित युवकका अनुसार उनिहरुको केहि दिन पहिले झगडा भएको थियो । प्रहरीले अझैं अनुसन्धान गरिरहेका छन् ।
October 17, 2018 3:49 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने