२० वर्षीया मोडल मानुसीको हत्या, सुटकेसमा खाँदेर झाडीमा फालिएको अवस्थामा भेटियो शव !
काठमाडौं, ३० असोज । मुम्बईमा एक मोडलको हत्याले सनसनी मच्चाएको छ । ती मोडलको हत्या मात्र गरिएन, उनको लाशलाई सुटकेशमा हालेर झाडीमा फालिएको छ । प्रहरीका अनुसार ती मोडल २० वर्षकी हुन्, भने हैदरबादका बासिन्दा हुन् ।

२० वर्षीया ती मोडल भर्खर चर्चामा आउन थालेकी थिइन् । उनी सिल्भर स्क्रीनमा छाउन थालेकी थिइन्, भने बलिउडमा आएर आफुलाई चर्चित बनाउन चाहन्थिन् । तर उनको यो सपना सपनानै बनेको छ । ग्ल्यामर क्षेत्रमा आफुलाई अब्बल सावित नगर्दै उनको हत्या भएको छ । यो कुरा २० वर्षीया मोडल मानसी दिक्षीतको हो ।
अर्का २० वर्षीय युवकले मानसीको हत्या गरेका हुन्, भने उनको लाशलाई ट्राभल ब्यागमा खाँदेर मलाडको माइण्डस्पेस नजिकैको ठूलो झाडीमा फ्याँकेका थिए । ती आरोपित युवक मोडल मानुसीको साथी भएको बताइएको छ ।

युवकले मुम्बईमा मध्यरातको समयमा सबै सुतिरहेको समयमा ती २० वर्षीया मोडल मानसीको शब ठेकान लगाएका थिए । यसरी मध्यरातमा शबलाई ठकान त लगाए तर उनी आफुलाई बचाउन सकेनन् । उनी सीधै प्रहरीको फन्दामा परे । तर अहिलेसम्म किन उनले ती मोडल साथीको हत्य गरे भन्ने विषयमा कुरा खोलेका छैनन् ।
मुम्बई प्रहरीको डिसिपी संग्राम सिंह निसानदारका अनुसार हत्या गरिएकी मानुसी दिक्षीत एक मोडल थिइन् । उनी राजस्थानका स्थायी बासिन्दा हुन् । मानसीदे कयौं म्युजिक भिडियो तथा सर्ट फिल्महरुमा काम गरिसकेकी थिइन् । तर यता आरोपित ती युवक मुजम्मिल सैय्याद भने हैदरबादका स्थायी बासिन्दा हुन् । उनी केहि दिन पहिले मात्रै मुम्बई आएका थिए ।
अहिलेसम्म ती युवकले मोडल मानुसीको हत्या किन गरे भन्ने कुरा भने खुल्न सकेको छैन । प्रहरीको अनुसार आरोपित युवकले आफ्नो बयान परिवर्तन गरिरहेका छन् । तप्ी आरोपित युवकका अनुसार उनिहरुको केहि दिन पहिले झगडा भएको थियो । प्रहरीले अझैं अनुसन्धान गरिरहेका छन् ।
October 17, 2018 3:49 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी