Thursday 25th December 2025

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गरे विभिन्न शक्तिपीठहरुको दर्शन

7 years अगाडी

काठमाडाैं – पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडाैंमा रहेका नवदुर्गा भवानीका विभिन्न शक्तिपीठहरुको दर्शन गर्नुभएको छ ।
हरेक वर्षजस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष पनि नक्साल भगवती, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली लगायतका नवदुर्गा भवानीको शक्तिपीठ पुगी दर्शन एवं पूजाआजा गर्नुभएको हो ।
पूर्वराजा शाह दर्शनका लागि मन्दिर पुग्दा उहाँका समर्थकले जय जयकार गरेका थिए । नेपालमा गणतन्त्र आउनुअघि राष्ट्रप्रमुखका रुपमा देवीको दर्शन गर्ने गरेका पूर्वराजा शाह त्यसयता सर्वसाधरणको रुपमा नवदुर्गा भवानीको शक्तिपीठ पुगी पुजा आजामा सरिक हुँदै आउनुभएकाे छ।

          October 18, 2018 4:35 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...