मकाउमा बडा दशै कार्यक्रम भब्यताको साथ सम्पन्न।
कर्ण बहादुर अधिकारी-
मकाउ- बिजया दशमी अर्थात टिकाको दिन आर्य-क्षेत्री समाज मकाउले आयोजना गरेको बडा दशै,शुभकामना आदान प्रदान तथा टिका ग्रहण कार्यक्रम मकाउ बोर्डर गेट स्थित पोर्टास पार्कमा १५० जना भन्दा बढी अतिथिहरूको उपस्थितिमा टिका ग्रहणका साथ एतिहासिक रूपमा सम्पन्न भएको थियो।

हिन्दुहरूको माहान चाड भनिए पनि बिभिन्न धर्माबलम्बीहरूको पनि उपस्थिति रहनु खुशीको क्षण थियो।नेपाली नेपाली बीच भावनात्मक संबन्ध बढाउनका लागि यस पालीको दशै कार्यक्रमले गहन भूमिका निर्वाह गरेको थियो।
कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद् एशिया प्यासेफिकको आर्थिक सह अध्यक्ष अम्बिर जोशी,गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारी,आई सी सी सदस्य मुकेश कुमार बरूवाल लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।आर्य -क्षेत्री समाज गठन भएको केही समय पश्चात नै मकाउमा यसरी एकिहासिक कार्यक्रम गर्नु गौरवको कुरा हो।

यस कार्यक्रमलाई सफल गराउन र कार्यक्रमको म्यानेजमेन्ट गर्नका लागि समाजकै अध्यक्ष निरञ्जन खड्का,कोषाध्यक्ष पदम सिंह पन्त लगाएत कार्य समितिका पदाधिकारीहरू र सल्लाहकारहरूले गहन भूमिका निर्वाह गरेका थिए।कार्यक्रम बिहान १० बजे देखि बेलुकी १० बजे सम्म संचालन गरीएको थियो।कार्यक्रममा आएका अतिथिहरूले समाजका सल्लाहकार प्रजुन कुमार अधिकारीको हातबाट टिका ग्रहण गरेका थिए।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण