

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरी काठमाडौंमा
7 years अगाडी
Susma Dhakal

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का महासचिव सीताराम यचुरी र केन्द्रीय सदस्य जोगेन्द्र शर्मा बिहीबार नेपाल आइपुगेका छन् । नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव यचुरी बिहीबार काठमाडौँ आएका हुन् ।
उनले नेपालमा रहँदा राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुका साथै यही कात्तिक १० गते नेकपाले आयोजना गर्ने चियापानमा पनि सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।
यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नेछन् । साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।
October 25, 2018 11:37 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

