दुई वर्षको कोशिशपछि गर्भवती भएकी थिइन् महिला, अल्ट्रासाउण्ड गर्दा
एजेन्सी। अमेरिकाको एक दम्पतिलाई आफ्नी एक छोरीकालागि एक साथीको आवश्यकता महशुस भयो। दुई वर्षको कोशिशपछि उनीहरुलाई गर्भवती भएको खुशीको खबर मिल्यो। जब उनीहरुले डाक्टरलाई देखाए तब निकै विरलै हुने घटना सार्वजनिक भयो। डाक्टरका अनुसार ती महिलाले एक जनामात्र होइन चार जना बच्चालाई जन्म दिने भएकी छन्।
यो सुन्ने वित्तिकै त्यो दम्पत्तिको खुशीको सीमा नै रहेन। डाक्टरहरुका अनुसार प्राकृतिक रुमपा गर्भवती हुँदा चारवटा बच्चा हुनु निकै अनौठो हो। सात लाख मध्ये मुश्किलले एक जनामा मात्र यस्तो हुन्छ। अमेरिकाको अरिजोनाकी काइली जेफ्रान्स्की र उनका श्रीमान परिवार बढाउने योजनामा थिए। उनीहरुले आफ्नी छोरीकालागि साथीको आवश्यक भएको महशुश गरे।
त्यसकालागि उनीहरुले तयारी पनि सुरु गरे। दुई वर्षपछि उनीहरुलाई सफलता पनि मिल्यो। काइली गर्भवती भइन्। चेकअप गराउन उनी अस्पताल गइन्। डाक्टरले अल्ट्रासाउण्ड गरेर हेर्दा उनको गर्भमा चार जना बच्चा रहेको देखियो। यो कुरा सुन्ने वित्तिकै काइली मुस्कुराउन थालिन् किनभने उनी पाँच सन्तानकी आमा बन्दै थिइन्। यस्तो देखेर डाक्टर पनि अचम्मा परेका थिए। किनभने उनी प्राकृतिक तरिकाले नै गर्भवती भएकी थिइन्।
अन्तिममा काइलीले चार बच्चालाई जन्म दिइन्। तीमध्ये तीन छोरा र एक छोरी थिइन्। सबैको वजन १.२ देखि १.४ किलोकोबीचमा थियो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन