Sunday 28th April 2024

शाहरुख खानले दुई पटक बिहे गरेका थिए, यस्तो छ शाहरुख र गौरीको प्रेम कहानी

6 years अगाडी

एजेन्सी । शाहरुख खान र गौरीबीच बिहे भएको २७ वर्ष पुगेको छ । बिहेभन्दा पहिला यो जोडीबीच पहिला निकाह भएको थियो । जसमा गौरीको नाम आयशा राखिएको थियो ।गौरी स्टार श्रीमती हुनुका साथै निर्मात्री र इन्टेरियर डिजाइनर पनि हुन् । शाहरुखले कयौं पटक आफ्नो सफलताको श्रेय श्रीमती गौरीलाई दिएका छन् । त्यसो त गौरीलाई आफ्नो जीवनमा ल्याउन शाहरुखलाई त्यति सजिलो भने भएको थिएन । निकै प्रयासपछि मात्र यो जोडीको बिहे भएको थियो । गौरीलाई लिएर शाहरुख निकै पजेसिभ थिए जसले गैरी हैरान भएकी थिइन् । शाहरुखले भनेका थिए, ‘म उनलाई यती माया गर्थेकी उनलाई स्वीमिंग सुट र खुला कपाल देखे झगडा गर्थेँ ।’शाहरुखका अनुसार म चाहनन्थेँ कोही अरु केटाले गौरीलाई हेरुन । म भित्र असुरक्षाको भावना थियो । किनभने हामी धेरै भेट गर्न पाएका थिएनौं ।

शाहरुखको यो बानीले हैरान भएर गौरी उनलाई दिल्लीमा छोडेर नभनेरै मुम्बई पुगेका थिइन् । शाहरुख गौरीलाई मनाउन मुम्बईसम्म पुगेका थिए । तर उनलाई थाहा थिएन, गौरी मुम्बई कहाँछ् ि। मुम्बईका सबै गल्ली घुमे । निकै खोजेपछि शाहरुखले मुम्बईको अक्सा बीचमा भेटाए । शाहरुखलाई देखेर गौरी रुन थालिन् । कुरा १९८४ को हो । जब दिल्लीको पञ्चशील क्लवमा चलिरहेको एक पार्टीमा १९ वर्षका शाहरुखको आँखा १४ वर्षीया गौरीमाथि पर्यो । शाहरुख उनीलाई हेरिमात्र रहे । त्यो पार्टीमा गौरीलाई अर्को केटोसँग देखेरै मन पराए ।तर, त्यस दिन लजालु शाहरुखले गौरीसँग कुरा गर्ने हिम्मत गरेनन् यसपछि जुन पार्टीमा गौरी जाने सम्भावना हुन्थ्यो ती सबै पार्टीमा शाहरुख गइहाल्थे ।

२५ अक्टुबर १९८४ मा तेस्रो भेटमा शाहरुखले गौरीको घरको नम्बर पत्ता लगाए । शाहरुखले गौरीसँग फोनमा कुरा गर्ने तरिका पनि निकालेका थिए । उनी आफ्नी कुनै साथीको घरबाट फोन गरउँथे ।गौरीको घरमा जसले फोन उठाए पनि साथी साहीन भन्थी । शाहीन कोडवर्ड थियो । यो नाम सुनेपछि गौरीले बुझिहाल्थिन् शाहरुखको फोन हो भन्ने ।गौरीको घरमा कसैलाई शंका पनि भएन । उनीहरु रातीसम्म कुरा गर्थे । गौरी र शाहरुखको भेट ती पार्टीहरुमा मात्र हुन्थ्यो जहाँ उनका साथीहरु पनि हुन्थे । विस्तारै दुबै लामो ड्राइभमा पनि जान शुरु भयो ।

मुश्ताक शेखद्वारा लिखित आफ्नो बायोग्राफी शाहरुख क्यानमा उनी ती दिन सम्झिन्छन्, ‘एक दिन मैले गौरीलाई उसको घरमा छोडेँ । जब उनी गाडीबाट झर्दै थिइन् मैले भने म तिमिसँग बिहे गर्न चाहन्छु । उनले कुनै जवाफ नसुनेर म त्यहाँबाट हिँडे ।’शाहरुख आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न चाहन्थे । तर, धर्म फरक भएका कारण गौरीका परिवारमा आपत्ती थियो । शाहरुखले गौरीको परिवारलाई मनाउन निकै पापड बेले । र सफल पनि भए ।
गौरीका आमा बाबुले बुझिसकेका थिए, उनीहरु कुनै पनि हालतले छुट्न सक्दैनन् । त्यसैले अन्त्यमा उनीहरुले यो प्रेमलाई स्वीकृति दिए । बिहेका लागि राजी भए ।यसपछि हिन्दु परम्पराअनुसार २५ अक्टुबर १९९१ मा बिहे भयो । सो बिहेमा दुबै नाचे ।

          October 26, 2018 11:27 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...