

नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका तिरुवा

नमूना विश्वकर्मा समाज नेपाल कुवेतको सातौ वार्षिक उत्सव तथा पदाधीकारी हेरफेर समारोह सम्पन्न भएको छ । जिलिव स्थित पपिन्स हलमा हिजो आयोजित समारोहले अनामिका तिरूवालाई नेतृत्व सुम्पिदै २१ सदस्सिय नया कार्यसनिति निर्माण गरेको छ ।
समाजका अध्यक्ष कुलबहादुर विस्वकर्माको सभापतित्व , दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता तथा पत्रकार महासघ कुवेत शाखा अधयक्ष राज मल्ल विशेष अतिथि रहेको समारोहमा कुवेतमा कृयाशिल सघ सस्थाका पदाधीकारी लयागत ब्यक्ति बिशेषहरुको बाक्लो उपस्थित रहेको थियो ।
पन्जेवाजाको बेजोड प्रस्तुति रहेको कार्यक्रममा समाजद्वारा पत्रकार महासघ कुवेतका अध्यक्ष राज मल्ल , फोटोग्राफर इन्द्र थापा , सामाजिक अभियन्ता राममाया श्रेष्ठ सगै पन्चेवाजा समुहलाई सम्मान गरिएको छ ।
प्रमुख अतिथि लगायतले वार्षिक उत्वस तथा नया कार्यसिमितिलाई शुभकामना ब्यक्त गर्दै नमुना विश्वकर्मा समाज कुवेतको नेपाली समाजमा साचिकै नमुनाको बनेर उदाउने अपेक्षा समेत गरेका थिए । कार्यक्रममा संयोजक ज्ञानबहादूर गजमेरको स्वागत राखेका थिए भने सन्चालन अनामिका तिरवा सगै सुरेश कालिकोटेले संयूक्तरुपमा गरेका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

