जन्मेको केही घण्टामै बाबुआमाले छोडेका थिए सडकमा, यसरी पाए सफलता
एजेन्सी। पछिल्लो समय जोनों लेंकेस्टर नामका एक युवक चर्चामा छन्। उनको संघर्ष र सफलताको कथाले धेरैलाई प्रेरित गरिरहेको छ। जन्मेको ३६ घण्टापछि नै आफ्नो आमाबाबुले अनाथालयमा छोडेर गएका जोनों अहिले निकै सफल भइसकेका छन्। जोनों ‘ट्रेचर कलिंस सिंड्रोम’ नामको रोगबाट पीडित थिए जसका कारण उनको अनुहार राम्रोसँग विकसित भएको थिएन।
उनको अनुहारका ४० हड्डीको विकास नहुँदा आँखा, मुख र नाकसमेत राम्रोसँग बनेका थिएनन्। अनाथालयमा छोडिएका जोनौंलाई केही समयपछि जीन लेंकेस्टर नामकी महिलाले धर्मपुत्रका रुपमा लिएर गइन्। जीनले उनलाई हुर्काइन् तर यो रोगका कारण जोनौंले निकै तनावको सामना गर्नुपर्यो। उनको कक्षाका साथीहरु नै उनीबाट टाढा भाग्थे।
साथीहरुले आफूहरुलाई पनि यो रोग सर्ने बताउँथे। जोनोंका अनुसार उनी आफूलाई निकै एक्लो महसुस गर्थे। उनले साथीहरुलाई टफी बाँडेर आफूतिर बोलाउँथे। १९ वर्षको उमेरमा उनले एक बारमा काम गर्न थाले। सुरुमा मानिसहरु आफूसँग बोल्दैनन् की भनेर उनी निकै डराउँथे तर पछि जब मानिसहरु उनीसँग बोल्न थाले उनलाई राहत महसुस भयो। बारमा काम गर्दागर्दै उनले फिटनेस इन्स्ट्रक्टर र स्पोर्ट साइन्समा डिप्लोमा गरेपछि जिममा इन्स्ट्रक्टर बने।
यही क्रममा उनले जीवनसाथी लारा भेटे। अहिले जोनों संसारभरीका यस्तो रोगबाट ग्रसित व्यक्तिहरुलाई उत्साहित गर्ने काम गर्छन्। संसारभरीका कैयौं बच्चाहरुले जोनोंलाई आफ्नो आइडल मान्छन्।
October 27, 2018 11:06 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा