Sunday 28th April 2024

डेब्यू गरेकै फिल्मका निर्देशकसँग दिपिका प्रसाईको अफेयर, बिबाह गर्ने यसरी खुल्यो रहस्य

6 years अगाडी

काठमाडौ । नायिका र निर्देशकबीच अफेयर चल्नु सामान्य नै हो । तर अहिलेकी चलेकी नायिका दिपिका प्रसाई फिल्ममा डेब्यू गरेको छोटो समयमा नै चलचित्र निर्देशकसँग अफेयरमा रहँदा सबै चकित बनेका छन् । उनी गत कार्तिक ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘‘ऐश्वर्य’का निर्देशक दिवाकर भट्टराईसँग नै अफेयरमा रहेको खुल्न आएको हो ।

उनीहरु बिबाह गर्नेगरी नै प्रेममा रहेको बुझिएको छ । उक्त चलचित्र दिपिकाको डेब्यू चलचित्र हो । अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार र दीपिका प्रसाईको उक्त चलचित्रमा अभिनय रहेको छ । अभिनेता रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ऐश्वर्यलाई दिर्घ खड्काले सम्पादन गरेका हुन्। उप्रेतीले लेखेको चलचित्रमा अर्जुन पोखरेल र बिराज गौतमको संगीत तथा हिमाल केसीको द्वन्द रहेको छ। यस चलचित्रलाइ दिवाकर भट्टराईले निर्देशन गरेका थिए

चलचित्रमा रमेश उप्रेती, दिपिका प्रसाई, केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई , अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन, अर्जुन जंग शाही, सुनिता ठाकुर लगायतका कालाकारको अभिनय रहेको छ। यो चलचित्र प्रर्दशनमा आएको ठिक एक बर्ष वितेपछि दिपिका र दिवाकरले आफुहरु प्रेममा रहेको खुलासा गरेका छन् ।दुवैले फेसबुकमा नै तस्विर पोष्ट गरेर एण्ड ही इज माईन फरइभर भन्दै लेखेका छन् । टेक्समा हार्ट अथवा प्रेमको चिन्हपनि राखेका छन् । उनीहरुका आफन्त, साथीभाई शुभचिन्तक सबैले बधाई दिएका छन् । अधिकांशले नाईस कपल भन्दै वीस गरेका छन् ।

यो जोडीले चाँडै बिबाह गर्ने योजना भएपछि फेसबुकमा नै बधाई खानका लागि पोष्ट गरिएको आँकलन गरिएको छ । दिवाकरलेपनि यसो भन्दै पोष्ट गरेका छन् । And she is mine forever ❤ Time and time again I have to pinch myself when I see you next to me ? You are my dream come true?

दिपिकाका केही उत्कृष्ट तस्विरहरु / तस्विर स्रोत : विभिन्न वेव

          October 27, 2018 11:19 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...