Monday 29th April 2024

अनमोल र दिपकराज सँगै फिल्म खेल्दै, दाजुभाइ बनेर देखिने!

6 years अगाडी

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा अनमोल केसी एक ब्राण्ड बनेका छन् । अनमोल केसीले पछिल्लो पुस्तालाई नेपाली चलचित्र हेर्नकोलागि हलतर्फ आकर्षित गरिरहेका छन् । रोमान्टिक हिरोको रुपमा उनको छवि बनेको छ ।जसरि अनमोलको चलचित्र हेर्नको लागि दर्शकहरूको भीड हुन्छ, त्यसरी चलचित्र छक्कापन्जा हेर्नको लागि दर्शकहरु उत्साहित रुपमा हलमा पुग्नेगर्छन् ।

छक्कापन्जा ३ समेत रिलिज गरिसकेको छक्कापन्जा टिम एउटा ब्राण्डनै बनिसकेको छ । छक्कापन्जामा कलाकार दीपकराज गिरि मूख्यकलाकार कोरुपमा देखिने गर्छन् । उनको अभिनयलाई युवादेखि वृद्धसम्मले मनपराउने गर्छन् ।

यी दुई ब्राण्ड अर्थात, अनमोल के सी र दीपकराज संगै पर्दामा देखिने सम्भावना बढेको छ । वितरक मनोज राठीले अनमोल र दीपकलाई संगै पर्दामा ल्याउने प्रयास थालेका छन्।

यसको लागि उनले दीपकराज गिरि, भुवन केसी र अनमोल केसी संग पनि कुरा गरिसकेका छन् । यस विषयमा दीपक, भुवन र अनमोल सबै सकारात्मक देखिएको बताइएको छ।

          October 27, 2018 12:23 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...