Tuesday 14th May 2024

यौन उत्पीडनबारे सुन्दरी नायिका ज्याकलिनले पनि खोलिन पहिलोपटक मुख

6 years अगाडी

काठमाडौँ- पछिल्लो समय ‘मिटू’ अभियानले बलिउडमा तहल्का पिटेको छ । यसैबिच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले पनि मुख खोलेकी छन् ।ज्याकलिनले एक कार्यक्रममा पत्रकारहरुसामु भनेकी छन्, ‘यौन उत्पीडन फिल्म जगतसँग मात्र जोडिएको विशेष मुद्दा नभइ जहातही जोडिएको मुद्धा भएको बताएकी छन् ।

उनले भनेकी छन् कहिलेकाही हाम्रै आफ्नो घरमा पनि यस्तो घटना हुन्छ ।’फिल्म जगतमा चलिरहेको ‘मीटू’ अभियानका बारेमा सोधिएको एक प्रश्नमा उनले यस कुरालाई फिल्म क्षेत्रमा मात्र सिमीत राख्न नहुने बताइन् ।

उनले भनिन्, ‘हामीलाई थाहै छ कि, लैंगिक चर्चा एउटा यस्तो विषय हो जुन लामो समयदेखि चलिरहेको छ । तर, दोषीलाई कारबाही हुनु जरुरी छ ।’ ज्याक्लिन बलिउडमा पछिल्लो समय अत्यन्तै व्यस्त नायिका हुन् ।

          October 28, 2018 1:08 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...