नखानुहोस् यी औषधि, जसले तपाईको यौन जीवन नै समाप्त
एजेन्सी- कतिपय यस्ता औषधि छन् जसले तपाईको यौन जीवनमा प्रभाव पारेको हुन्छ । जानिराखौँ यस्ता औषधिको बारेमा :
– उच्च रक्तचापका औषधि :
उच्च रक्तचापका औषधिले यौन जीवनलाई प्रभावित पार्न सक्छ । ब्लड प्रेसरका लागि प्रयोग गरिने जस्तो क्लोनिडिन, अल्फा मिथाइल डोपर, ग्वानेथिडिन आदि यौन यच्छालाई कमी ल्याइदिन सक्छन् । बिटास्पेन, अल्फाबोटा, डोपाजिट जस्ता औषधिले यौनांग उत्तेजित हुने प्रक्रियामा अवरोध सिर्जना गर्न सक्छन् । यी आौषधिले शरीरमा प्रोलकिटन नामक हर्मोन बढाएर पुरुषमा नपुंसता हुने खतरा बढ्छ ।
– हर्मोन सम्बन्धि औषधि :
हर्मोन सम्बन्धि औषधिले यौनजीवन प्रभावित पार्न सक्छन् ।एन्टी एन्ड्रोजनस् औषधि जस्तो साइप्रोटेरन र किटोकोनजाल शरीरमा टेस्टोस्टेरन हर्मोनको स्तर कम गर्न सक्छन् । जसका कारण पुरुष नपुंसकताको शिकार हुन सक्छन् । अनावश्यक थाइरक्सिन औषधिको सेवनले पनि यौनेच्छा घट्छ । एस्ट्रोजनको अत्याधिक प्रयोगले कामेच्छा र वीर्यको मात्रामा कमी ल्याउने समस्या देखिन सक्छ ।
– दुखाइ कम गर्ने औषधि :
एन्टिबाइटिक अर्थात् दुखाइ कम गर्ने औषधिले यौनेच्छामा कमी ल्याउने संभावना हुन्छ । यौनेच्छा बढाउने औषधि पेनकिलर्ससँगै लिँदा त धेरै प्रकारका साइड इफेक्ट देखिन सक्छन् । मार्फिन र कोडिन जस्ता दुखाइ कम गर्ने औषधिले यौन इच्छा समेत कम गर्छन् ।
– दमको औषधि :
दमका औषधिले पनि यौन जीवनमा प्रभाव पार्न सक्छ । यस्ता औषधिमा एफीड्रिन, इरब्युटालिन आदिका सिम्पेथोमिमेटिक परिणाम पुरुषको लिंगको उत्तेजनामा ह्रास आउन सक्छ । अल्सरको औषधिस् अल्सरको उपचारका लागि प्रयोग हुने औषधि जस्तो सिमेटिडिन, अल्टेक आदिको नियमित सेवनले यौन जीवन प्रभवित हुने संभावना हुन्छ । त्यसैगरी यौनांग उत्तेजित कम हुने संभावना पनि रहन्छ ।
– एन्टीड्रिप्रेसन औषधि :
लगतार एन्टिडिप्रेसनको औषधि प्रयोग गर्नुले पनि यौनेच्छामा कमी ल्याउन सक्छ । निद्राका लागि लिइने औषधि जस्तो, डायजापाम, कम्पोज आदिले पनि कामेच्छा कमजोर बनाउँछन् ।
October 28, 2018 1:32 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन