Tuesday 14th May 2024

जनताको भोट : नेपालका यी चर्चित ५ स्टार अभिनेत्री मध्ये कसलाई जिताउनुहुन्छ ‘लक्स स्टार अफ द इयर’ ?

6 years अगाडी

काठमाडौ । कामना प्रकाशन प्रालिले आयोजना गर्दै आएको कमना फिल्म अवार्डको चौथो संस्करण आगामी मंसिर १५ गते शनिबार प्रदान गरिने भएको छ २०७१ सालबाट सुरु भएको यो अवार्ड यसबर्ष कामनाको प्रकाशन शुरु भएकै दिन पारेर बाँडिन लागिएको हो । यो अवार्डलाई लक्सले प्रायोजन गरेको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धीसहित कुल ३२ विधामा अवार्ड बाडिने अवार्डमा ‘लक्स स्टार अफ द इयर’ विधा समेत समावेश छन् । जुन बिधाको मनोनयनमा अहिलेका चर्चित अभिनेत्री प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, स्वस्तिमा खड्का र आना शर्मा रहेका छन् ।

यो विधामा एसएमएस भोटिङका आधारमा विजेता चयन गरिने आयोजक कामना पब्लिकेसन्स्ले जनाएको छ । यो वर्षको अवार्डमा सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र छक्का पञ्जा २ बाट दीपाश्री निरौला, लिली बिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल, शत्रु गतेबाट प्रदीप भट्टराई र कृबाट सुरेन्द्र पौडेल देखिएका छन् । त्यसैगरी अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरी, घामपानीबाट दयाहाङ राई, झ्यानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिली बिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्पm ब्लाइन्ड रक्सबाट बेनिषा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट नीता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिंजडा व्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयमा परेका छन् ।

मनोयनमा सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १४ विधा, कृ १३, ए मेरो हजुर २ एघार, लिलीबिली १०, शत्रु गते र मंगलम ९/९, संरक्षण र भुईंमान्छे ७/७ विधाको मनोयनमा छन् । ब्लाइन्ड रक्स ६ विधा तथा घामपानी, पिंजडा व्याक अगेन, ऐश्वर्य र म यस्तो गीत गाउँछु ५÷५ विधाको मनोयनमा देखिएक छन् ।अवार्डमा १ लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) एकजनालाई र निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड समेत प्रदान गरिने अवार्डमा ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ । ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट विजेता चयन गरिने आयोजले जनाएको छ ।

          October 29, 2018 3:17 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...