Tuesday 14th May 2024

विनोदका चार विवाह, तर एउटीलाई कहिल्यै प्राप्त भएन श्रीमतीको दर्जा

6 years अगाडी

एजेन्सी। बलिउड अभिनेता विनोद मेहराको निधन भएको २८ वर्ष भएको छ। ३० अक्टोबर १९९० मा हृदयघातका कारण उनको निधन भएको थियो। जब विनोदको निधन भयो तब उनकी छोरी सोनिया मात्र दुई वर्षकी थिइन्। २ डिसेम्बर १९८८ मा जन्मिएकी सोनिया, विनोदकी तेस्री श्रीमती किरणकी छोरी हुन्। विनोदले चारवटा विवाह गरेका थिए। एउटी श्रीमतीलाई उनकी पत्नीको दर्जा प्राप्त भएन।

विनोदले आफ्नी आमाको अनुमतिमा मीना ब्रोकासँग मागी विवाह गरेका थिए। विवाहको केही समयपछि विनोदलाई सामान्य प्रकारको हृदयघात भएको थियो। रोग निको भएपछि विनोदको अफेयर्स अभिनेत्री बिन्दिया गोस्वामीसँग भयो र दवैले विवाह गरे। उनीहरुको सम्बन्ध मात्र चार वर्षसम्म मात्र टिक्यो। विनोदसँग अलग भएपछि बिन्दियाले फिल्म निर्देशक जेपी दत्तासँग विवाह गरिन्। बिन्दियासँगको सम्बन्ध विच्छेदपछि विनोदले किरणसँग विवाह गरे। किरणबाट उनका एक छोरी सोनिया र छोरा रोहन छन्।

यारीर उस्मानको किताब ‘रेखा ः एन अनटोल्ड स्टोरी’ का अनुसार विनोद मेहराले रेखासँग पनि विवाह गरेका थिए। किताबका अनसार कोलकातामा विवाह गरेर रेखा जब विनोदको घरमा आइन्, तब विनोदकी आमा कमला मेहरले चप्पल निकालेर झण्डै प्रहार गरेकी थिइन्। जसै रेखाले खुट्टा छुन गइन तब उनलाई धक्का दिएर निकालेकी थिइन्। रेखालाई विनोदकी आमाले निकै गाली पनि गरेकी थिइन्। योवीचमा विनोदले निकै वचाउ गरेका थिए। पछि विनोदले रेखालाई आफनो घर जान र तत्कालकालागि उतै बस्न भने। पछि उनीहरुको सम्बन्ध विच्छेद भयो।

          October 30, 2018 12:31 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...