२ बोतल पानी दिँदा चम्कियो यी वेटरको भाग्य !
एजेन्सी । रेष्टुरेन्ट र बारमा अक्सर बिलसँगै वेटरलाई जुन पैसा दिईन्छ त्यसलाई टिप्स भन्ने गरिन्छ । यो टिप्स आम रुपमा थोरी मात्रै रकम हुने गर्दछ गेष्टलाई मनपर्यो भने मात्रै टिप्स दिने गर्दछन् भने कतिले त यसलाई फजुल खर्च पनि भन्ने गरेका छन्।तर यहाँ यस्तो खबर बाहिरीएको छ, कि जसले तपाईलाई समेत अचम्मित बनाउँछ। कहिले काँही सेलिब्रेटीबाट पनि यस्तै खबरहरु आउने गर्दछन्। अन्तराष्ट्रिय सञ्चार माध्यम डेली मेलले जनाएअनुसार यस्तै रोचक खबर बाहिर आएको छ । खबरका अनुसार महिला वेटरले २ बोतल पानी लगिदिए बापत लाखौँ रुपैयाँ टिप्स दिएको खबर सार्बजनिक भएको हो।
पछिल्लो पटक अमेरिकाको ग्रीनविलेमा सप डान्स रेष्टुरेन्टकी एक महिला वेटर ऐलेना कस्टर खुशीले उफ्रिन थालिन् जब उनलाई गेष्टले १० हजार डलर अर्थात ११ लाख ६० हजार भन्दा बढि नेपाली रुपैयाँ टिप्स दिए । पछि पत्ता लाग्यो कि यो टिप्स मशहुर युट्युब ब्लगर जिम्मी डानल्डसनले दिएका थिए।
खास कुरा के रहेछ भने जिम्मीले रेष्टुरेन्टमा सिर्फ दुई बोतल पानी अर्डर गरेका थिए । ऐलेनाल भनिन् उनीहरु रेष्टुरेन्टमा आउनासाथ दुई बोतल पानी मगाए र एक्कैछिन बसेपछि पानीसहितको टिप्स दिएर हिँडे। म टेबुलमा फकेर आउँदा उनीहरु गईसकेका थिए। जिम्मी युट्युबर मिडियाका मालिक हुन्। जसको युट्युबमा ९ मिलियन भन्दा बढि सस्क्राईब रहेको छ। उनलाई सोशल मिडियामा मिस्टर बिस्टको नामले चिनिन्छ। एक वर्ष अगाडी पनि उनले एक भिडियो युट्युबमा अपलोड गरेका थिए । जसबाट उनले एक पिज्जा डेलिभरी ब्वाईलाई १० हजार डलर दिएका थिए।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन