Tuesday 14th May 2024

मलाइका अरोडा खान र अर्जुन कपूर प्रेममा चुर्लुम्म, विवाह २०१९ मा हुन सक्ने

6 years अगाडी

सलमान खानका भाई अरबाज खानकी पूर्व पत्नी मलाइका अरोडा खान र अभिनेता अर्जुन कपूरबीचको प्रेम सम्बन्धको खबर यतिबेला चर्चामा रहेको छ ।
केही दिनअघि मलाइका र अर्जुनको एयरपोर्टको तस्बिर निकै भाइरल भएको थियो । तस्बिरमा मलाइका र अर्जुन एक अर्काको हात समातेका देखिन्थे । अहिले सार्वजनिक खबरहरुका अनुसार मलाइका र अर्जुन कपूर अर्को वर्ष विवाह गर्न सक्ने बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मलाइका र अर्जुनले आफूहरुबीचको सम्बन्धलाई छिट्टै नै आधिकारिक घोषणा गर्न चाहेको र २०१९ भित्रमा विवाह गर्न सक्ने बताइएको छ ।

खबरहरुका अनुसार मलाइका र अर्जुनबीचको प्रेम निकै गहिरो रहेको र दुवै एक अर्काको साथमा निकै खुशी रहेको बताइएको छ । तसर्थ यी दुवै यस सम्बन्धलाई विवाहमा परिणत गर्न चाहन्छन् । मलाइका अरोडा खानले सन् २०१७ मा पति अरबाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । अरबाज र मलाइकाबीचको विवाह टुट्नुको पछाडि पनि अर्जुन कपूर नै रहेको बताइएको थियो । त्यसैकारण अभिनेता सलमान खान अर्जुन कपूरसँग अहिले सम्म रिसाएका छन् ।

यस अघि मलाइकाले पति अरबाज खानसँगको विवाहका कारण अर्जुनसँगको प्रेमलाई लुकाएर राखेकी थिइन् । तर सम्बन्धविच्छेद पछि मलाइका र अर्जुन थुपै्र सार्वजनिक कार्यक्रमहरुमा एकअर्कासँग सहभागी हुन थालेका छन् । केही दिनअघि मलाइका निर्णायकको भूमिकामा रहेको एउटा टेलिभिजन रियालिटी शो मा अर्जुन कपूर अभिनेत्री परिणीति चोपडासँग आफ्नो फिल्म ‘नमस्ते इंग्ल्याण्ड’ को प्रमोशनमा गएका थिए । त्यस शो मा समेत अर्जुन र मलाइकाले एकअर्काको हात समात्दै स्टेजमा गएका थिए ।

त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । मलाइका अरोडा खानसँग सम्बन्ध विच्छेद गर्न नचाहेका अरबाज खान सम्बन्ध विच्छेदपछि अहिले एउटी विदेशी मोडल जर्जिया एण्ड्रियानीलाई डेट गरिरहेका छन । अरबाज खान स्वयम्ले एउटा अन्तरवार्तामा आफू जर्जिया एण्ड्रियानीलाई डेट गरिरहेको कुरा सार्वजनिक गरेका थिए । तर तत्काल आफू कुनै पनि निर्णय लिन हतार नगर्ने कुरा समेत बताएका थिए ।

          October 30, 2018 2:02 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...