Tuesday 14th May 2024

यी भारतीय अभिनेत्री, जसको कलिलै उमेरमा निधन भयो

6 years अगाडी

एजेन्सी – यी भारतीय अभिनेत्री, जसको कलिलै उमेरमा निधन भयोमुम्बई – भारतमा साउथ इन्डियन फिल्मका कलाकार पनि निकै चर्चित छन् । कयौं साउथ रिमेकमा पनि बलिउड चलचित्र निर्माण भएको छ । त्यस्ता चलचित्रमा अभिनेताका साथै अभिनेत्री चर्चा पनि उत्तीकै हुन्छ । तर आज ती अभिनेत्रीको चर्चा गर्दैछौ । जो कलिलो उमेरमै संसारबाट बिदा भएः

सौदर्या : सौदर्या ९० दशककी चर्चित अभिनेत्री हुन् । उनले ६ चलचित्र अभिनयबाट फिल्म फेयर अवार्ड समेत हात पारेकी थिइन् । अभिनयको अलवा उनी राजनीतिमा पनि क्रियाशिल थिइन् । २०१४ मा उनको निधन प्लेन दुर्घटनामा भएको थियो । सो समय उनी ब्याङ्गलोर यात्रामा थिइन् । ३१ बर्षको उमेरमा उनी संसारबाट बिदा भइन् ।

दिब्या भारती : साउथ चलचित्रको ९० दशककी निकै पपुलर अभिनेत्री थिइन् दिब्या । उनको करियरको सुरुवात तेलगु चलचित्रबाट भएको थियो । अभिनय डेब्यु गर्दा उनी १३ बर्षकी थिइन् । बलिउडमा समेत हिट हुन सफल दिब्याको १९८३मा मृत्यु भएको थियो । १९ बर्षको उमेरमा उनको दुर्घटनामा मृत्यु भएको थियो । उनको मृत्यको कारण अझै खुल्न सकेको छैन ।

प्रत्युषा : अभिनेत्री प्रत्यषाको २१ बर्षको उमेरमा बिष सेवनबाट निधन भएको थियो । एक मिडिल क्लास परिवारकी प्रत्युषाले १७ बर्षको उमेरमा चलचित्र अभिनय सुरु गरेकी थिइन् ।

आरती अग्रवाल : आरतीको निधन लिपोसक्शन सर्जरीका कारणले भएको थियो । उनले जुन चलचित्र अभिनय पछि यो सर्जरी गराएकी थिइन् । त्यो चलचित्र रिलिज नहुँदै उनको निधन भयो । ३१ बर्षमा उनको निधन भएको थियो ।

स्मिता सिल्क : अभिनेत्री सिल्क स्मिताले १९७० देखि १९९० सम्म चलचित्र अभिनयमा क्रियासिल रहिन् । उनले थुप्रै हिरोसँग चलचित्र अभिनय गरेकी थिइन् । ३६ सालको उमेरमा उनको निधन भएको थियो ।

          October 31, 2018 10:46 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...