Tuesday 14th May 2024

चङगा चेटकाे प्रचारमा किन सक्रिय छैनन् मुख्य कलाकारहरु नै ?

6 years अगाडी

काठमाडाैं – दीपेन्द्र के खनालको निर्देशन रहेको सिनेमा चङगा चेट कार्तिक १६ गते देखि प्रदर्शनमा आउँदैछ । यो सिनेमामा सिनेमा देखि हास्य क्षेत्रमा स्थापित भएका कलाकारहरुको भिड छ । तर सिनेमाको प्रचार प्रसारमा भने कसैलाई समय छैन । कोही कलाकार अन्य सिनेमाको छायाँकनमा व्यस्त छन् भने कोही बिरामी भएको भन्दै सिनेमाको प्रचारमा खासै समय दिन सकेका छैनन् ।यस सिनेमामा ६ जना मुख्य कलाकार राखिएको छ । तर ६ जना कलाकारले नै सिनेमाको छायाँकन देखि नै राम्रोसँग समय नदिएको गुनासो हालै मात्र निर्देशक दीपेन्द्र के खनालले पोखेका छन् । सिनेमाको प्रचार प्रसारमा त झनै कलाकारहरुको सक्रियता देखिएको छैन । सिनेमाको बारेमा बोल्दै फाट्ट फुट्ट केही अन्र्तवार्ताहरु दिएको भए पनि कलाकारहरुले पूर्णरुपमा सिनेमाको प्रचार गरेको देखिएको छैन ।

प्रदर्शनको संघारमा रहेको चङगा चेटको प्रचार छोडेर सिनेमाका मुख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की सिनेमा प्रेम दिवसको छायाँकनमा जुटेका छन् । उनीहरु यतिबेला सिनेमाको छायाँकनमा पूर्वका जिल्लामा पुगेका छन् । यस हिसाबले हेर्दा उनीहरु सिनेमाको प्रचारमा हिड्न आउने सम्भावना शून्य छ । काठमाडाैंमा भएका कलाकारहरु अभिनेत्री सुरक्षा पन्त, परमिता आर एल राणा, संदीप क्षेत्री लगायतले पनि खासै समय दिएर सिनेमाको प्रचार गरेका छैनन् । केही दिनअघिसम्म सुरक्षाले आफूलाई सन्चो नभएको भन्दै सिनेमाको प्रचारमा समय दिइनन् । अहिले पनि उनी खासै प्रचारमा हिँडेको देखिँदैन । संदीप र परमिताले पनि सिनेमाको प्रचारमा समय दिन भ्याएका छैनन् । कलाकारलाई प्रचारको लागि गुहार्दा गुहार्दा दिक्क भएका निर्माता र निर्देशक सिनेमाको बारेमा जानकारी दिन प्राय ठाउँमा आफैं पुगेका छन् । तर दर्शकले पनि कलाकारबाटै सिनेमाको बारेमा सुन्न रुचाउँछन्

यसरी कलाकारले प्रचारलाई खासै महत्व नदिएको सिनेमाको कारोबार कस्तो होला ? दर्शकले यस सिनेमाको बारेमा कत्तिको जानकारी पाएका होलान् ? त्यो भन्न मुश्किल छ ।सिनेमामा समावेश गोजीमा दाम छैन बोलको गीतको सफलताले सिनेमामा केही हदसम्म सहयोग मिल्नेमा निर्माण पक्ष ढुक्क देखिन्छ । तर के गीतको चर्चाले मात्र हलसम्म दर्शक आउलान् त ? यो प्रतिक्षाको विषय बनेको छ ।

          November 1, 2018 12:56 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...