यो पढेर रुन पाइँदैन नी ! किनभने आमालाई थाहा थियो अगाडि के हुँदैछ
एजेन्सी। जापानका एक पाँच वर्षीया बालिका दैनिक विहान ६बजे उठ्छिन् र किचनमा गएर आफ्नी आमालाई मनपर्ने मिसो सुप बनाउँछिन्। तर उनकी आमा यो दुनियामा छैनन्। तै पनि उनले आफ्नी आमालाई मनपर्ने सुप बनाउन छोड्दिनन्। यी सबै कामकालागि ती बालिकाको तालिम त्यतिबेला सुरु भयो जतिबेला उनी मात्र पाँच वर्षकी थिइन्। यो सबै कुरा उनलाई उनकी आमाले नै दिएकी थिइन् किनभने आफ्नो निधनपछि घरको सबै काम छोरीले नै गर्न सकून। उनकी आमाको निधन २००८ मा ब्रेस्ट क्यान्सरबाट भएको थियो।
यो घटना जापनको फुकोका शहरकी हाना यसुटेक नाम गरेकी यस्ती बालिकाको हो जो पाँच वर्षको उमेरदेखि यी सबै जिम्मेवारी निर्वाह गरिरहेकी छन्। जसका विषयमा उनकै उमेरका बच्चाले सोच्नसमेत सक्दैन।बालिकालाई यी सबै काम गर्न उनकै आमाले सिकाएकी थिइन्। र उनी यसै काम यसकारण गर्थिन किनभने आमाको अन्तिम अवस्थमा आफ्नो हेरचाह आफैं गर्ने वाचा गरेकी थिइन्। हानाकी आमाको नाम ची थियो, जसलाई २००० मा २५ वर्षको उमेरमा ब्रेष्ट क्यान्सर भएको थाहा भएको थियो। चीलाई क्यान्सर भएको थाहा हुँदा हुँदै हानाका बुवा चीसँग विवाह गर्न तयार भए। सही समयमा उचित उपचार पाएका कारण एक वर्षमा चीको क्यान्सर पूरै निको भयो।केही समयपछि ची गर्भवती भइन्। डाक्तरले उनलाई बच्चा जन्माउने हो भने फेरि क्यान्सर हुन सक्ने चेतावनी दिए। डाक्टरको यो गम्भीर चेतावनीलाई बेवास्ता गर्दै चीले छोरीलाई जन्म दिइन्।
फेब्रुअरी २००३ मा हानाको जन्म भयो र परिवार पूरा भयो। यद्यपी यो परिवारमा खुशी केही समयसम्ममात्र टिक्यो। किनभने हाना ९ महिनाकी हुँदा उनकी आमालाई फेरि क्यान्सर भयो। डाक्टरले उनलाई केही वर्षमात्र बाँच्न सक्ने बताए।आफ्नो विरामी फेरि बल्झेको थाहा पाएकी चीलाई आफ्नो निधनपछि छोरीको हेरचाह कसले गर्छ भन्ने कुराले सताउन थाल्यो। त्यही कारण उनले हानालाई सबै कुरा सिकाउन थालिन्। जुन काम जीवनरभर काम आउने थियो। उनले हानालाई खाना पकाउन, कपडा धुन तथा घरको सरसफाइ गर्नेजस्ता काममा हाना निपूर्ण हुन पुगिन्।हानाको पाँचौं जन्म दिनमा चीले छोरीलाई उपहार स्वरुप किचनमा लगाउने एप्रिन कपडा दिइन् र विहान दैनिक ६ बजे आफूसँग उठाउन थालिन्। केही समयपछि नै हाना भात, सोयाविन र मिसो सुप जस्ता परिकार बनाउन सक्ने भइन्। उनले चाँडै कपडा धुन र सरसफाइ गर्न पनि सिकिन्।
फेब्रुअरी २००८ मा सामाजिक संजालमा चीले एक स्टाटस पोस्ट गरिन् जसमा लेखिएको थियो–मलाइ क्यान्सर होस् वा नहोस् यदि म मरे भनेपनि मलाइ कुनै पश्चाताप हुनेछैन।’यो स्टाटस लेखेको केही समयपछि नै चीको २००८ मा ३३ वर्षको उमेर क्यान्सरका कारण निधन भयो। आमाको निधन भएपछि पनि छोरीले आमाले सिकाएको काम गर्न छोडिनन्। हाना दैनिक विहान ६ बजे उठ्छिन् र सबैभन्दा पहिला आमाले जस्तै गरी सुप बनाउँछिन्। जब हानाका बुवा शिंजोले पहिलो पटक हानाले बनाएको सुप खाए तब उनी छक्क परे किनभने चीले बनाएजस्तै थियो।
November 1, 2018 1:37 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन