Saturday 8th November 2025

सैनिक पतीसँग कुरा लुकाउँदै थिइन् पत्नी जब वास्तविकता थाहा भयो, कहानी अझै बाँकी छ

7 years अगाडी

एजेन्सी। अमेरिकामा एक सैनिकको पोस्टिङ उनको घरभन्दा हजारौं किलोमिटर टाढा हुन्छ। केही दिनपछि उनकी श्रीमतीले उनलाई बच्चा जन्मिने बित्तिकै मृत्यु भएको बताउँछिन्। उनले आफ्ना श्रीमानसँग झुट बोलेको अहिले खुलासा भएको छ। प्रहरीले एक जोडीलाई गलत तरिकाले सवारी चलाएको अभियोगमा हिरासतमा लिन्छ। यही जोडीले ती महिलाको सबै पोल खोलिदिन्छन्। ती सैनिकको छोरी होइन छोरा जन्मिएको हुन्छ। र उनी जिवितै हुन्छन्। आफ्नो छोरा भएको र त्यो जिवितै हुँदा हुँदै श्रीमतीले आफूसँग किन झुट कुरा बोलेको भन्ने कुरा थाहा पाएपछि सैनिक चकित पर्छन्। तर यो कहानीमा ट्विस्ट आउन अहिले बाँकी नै छ।

यो घटना अमेरिकाको सिएरा विस्टा शहरमा बस्ने अमेरिकी सैनिक सर्जेन्ट स्टीवन गार्सिया र उनकी श्रीमती मेरिना गार्सियाको हो। सैनिक सर्जेन्ट स्टीवन ड्यूटीका क्रममा देश बाहिर जानुपर्छ। उनी देश बाहिर भएको बेलामा उनलाई श्रीमतीले फोन गरेर आफ्नी छोरी जन्मिएकी तर जन्मिने वित्तिके निधन भएको बताउँछिन।३१ वर्षीया मेरिनाले उनका श्रीमानसँग झुट बोलेको भन्ने कुरा केही दिनपछि थाहा हुन्छ। एरिजोना प्रहरीले एक दिन तीव्रगतिमा कार चलाएको अभियोगमा टेक्ससको एक जोडीलाई नियन्त्रणा लिन्छ। कारभित्र एलेक्स हर्नांंडेज (३३) र उनकी श्रीमती लेस्सी मोरिना हर्नांडेज (४१) बाहेक एक नाबालक पनि थिए। जसको जन्म मात्र तीन दिन पहिला भएको थियो।

प्रहरीलाई देख्ने वित्तिकै त्यो जोडी धेरै आत्तियो, र प्रहरीले झन् शंका गर्यो। प्रहरीले उनीहरुसँग सोधपुछ गर्यो र उनीहरुले सबै सत्य कुरा बताइदिए। प्रहरीसँग त्यो जोडीले उक्त बच्चा आफ्नो नभइ मोरिना नाम गरेकी महिलासँग किनेको बताउँछन्। लेस्ली भन्छिन्–सामाजिक संजालमार्फत यी बच्चाकी आमासँग भेट भयो। त्यसपछि फोनमा हाम्रो कुरा पनि भयो। यही क्रममा बच्चा किन्ने विषयमा डिल भयो।’त्यो जोडीको यस्तो खुलासापछि बच्चाकी आमा अर्थात् मेरिनालाई पक्राउ गरिएको छ। र उनी विरुद्ध बच्चा बेचेको अभियोगमा मुद्दा दायर गरिएको छ। प्रहरी समक्ष उनले आफूले बच्चा बेचेको स्वीकार पनि गरेकी छन्।

मेरिनाका श्रीमान सर्जेन्ट स्टीवन गार्सियालाई यो विषयमा केही पनि जानकारी थिएन। तर जब उनलाई श्रीमतीको वास्तविकता थाहा भयो तब उनलाई ठूलो झड्का लाग्यो। यो कहानीमा अझै अर्को ट्विस्ट आउन बाँकी नै थियो, मेरिनाले पैसाको लोभमा आफ्नो छोरा कसैलाइ बेचिदिएकी थिइनन्। बरु यसकारण बेचिदिएकी थिइन् किनभने स्टीवन थी बालकका जैविक पिता थिएनन्। ती बालक उनका ब्वाइफ्रेण्डका छोरा थिए। यो कुरा थाहा हुन्छ भनेर मेरिनाले ती बालकलाई बेचिदिएकी थिइन्।

यस्तो कुराको खुलासा भएपछि पनि स्टीवनले ती बालकलाई स्वीकार गर्छन्। ‘हामी दुई जनाको डिएन फरक भएर मलाइ केही फरक पर्दैन। मैले त पहिला नै उनलाई आफ्नो छोराको रुपमा स्वीकार गरिसकेको छु।’ स्टीवनले किन यसो भने भन्ने कुरा थाहा पाएपनि स्टीवनप्रति मानिसको सम्मान झन बढेर गयो।
स्टीवनका अनुसार उनलाई पनि एक व्यक्तिले यसैगरी अपनाएर ठूलो बनाएका थिए। मलाइ धर्मपुत्र मान्ने मेरा बुवाले मेरो जीवनलाई पूरै परिवर्तन गरिदिनु भयो। यदि उहाँ नहुनु भएको भए म यहाँसम्म आइपुग्दिन थिएँ अहिले जहाँ छु।’

          November 2, 2018 11:53 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...