Saturday 8th November 2025

तिहारमा किन कुकुरको पूजा गरिन्छ ? यस्तो छ धार्मिक र वैज्ञानिक कारण

7 years अगाडी

काठमाडौं – नेपाली तथा हिन्दू धर्मालम्बीहरुको दोस्रो ठूलो चाड तिहार हो । यसलाई यम पञ्चक पनि भनिन्छ । यम पञ्चकको अवधिभर पञ्छी, जनावर र मानिसको पूजा गरेर मनाइन्छ । काग, कुकुर, गाई गोरु तथा दाजुभाइको रुपमा मानिसलाई नै पूजा गरेर तिहार मनाइन्छ । तर, कुकुर तिहारको रुपमा कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । तिहारमा किन कुकुरको पूजा गरियो त ? यमराजलाई खुसी पार्नमात्र कुकुर पूजा गरिएको होइन, मानव जीवनमा कुकुरको महत्व दर्शाउने पनि पूजा गरिएको संस्कृतिविद्हरुले बताउने गरेका छन् ।

उनीहरुअनुसार धर्म, संस्कृति, संस्कार र परम्परा अनुसार प्रकृतिको पूजा गरिन्छ । तुच्छ तुच्छ प्राणीको पनि सत्कार र सेवा गरिन्छ । काग र कुकुर दुबैलाई यमराजको दूतको रुपमा लिइन्छ । यिनको पूजा गर्दा यमराज पनि खुशी हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ । कुकुरलाई भैरवको बहान पनि भनिन्छ । परापूर्वकालदेखि नै कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रुपमा पूजा गर्ने चलन चलिरहेको संस्कृतिविद्को भनाइ छ । सत्यवादी धर्मराज युशिष्टिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यसले सुँघेर अपराधीहरु पत्ता लगाउने भएकाले वर्षको एक दिन पूजेर यसको महत्व देखाइएको हो । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गर्छ ।

          November 2, 2018 3:25 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...