‘दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानको मध्य भाग भेटियो’
जाकार्ता, इन्डोनेसिया, कात्तिक : इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमानको खोजीमा सम्लग्न गोताखोरको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको बताएका छन् । विमान दुर्घटना भएको छैठौँ दिनमा विमानको मध्य भाग भेटिएको तर उक्त भागलाई पानी बाहिर भने ल्याइ नसकिएको उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीले बताउनुभयो । भेटिएको उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको कडा बहावका कारण पानीबाहिर ल्याउन नसकिएको उहाँको भनाई थियो । जहाजको मध्य भाग आँफैले नभेटेको तर उद्धारमा सम्लग्न अन्य गोताखोरले भेटेको बताउँदै उहाँले भन्नुभयो, एक दुई दिनमा उक्त भागलाई बाहिर ल्याउने काम गरिने बताउँनुभयो ।
उद्धारकर्मीका अनुसार अहिलेसम्म विमानका दुबै इन्जिन, ल्यान्डिङ गेयर र यात्रुहरू रहने मध्यभाग भेटिएको छ ।
इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान गत सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो। उक्त जहाजमा चालक दलका सदस्यसहित १८८ जना रहेका थिए । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त बिमान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो । इन्डोनेसियाका हजारौं द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा