नयाँ फोन किनेर पुरानो छोरीलाई खेलाउन दिइन्, ६ महिनापछि छोरीको कर्तुतले होस उड्यो
एजेन्सी। चीनमा एक महिलाले नयाँ मोवाइल फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिइन् । त्यस बेलादेखि त्यो फोन छोरीको खेलौनाहरुको एक हिस्सा बन्यो । छोरी दिनहुँ त्यो फोन खेलाउँथिन् । आमाबाबुले छोरीले फोनमा के गर्दैछिन् भन्नेतर्फ चासो दिएका थिएनन् । ६ महिनापछि उनीहरुलाई थाहा भयो कि छोरीले फोनमा के गर्दिरहिछिन् । छोरीको कर्तुतले उनीहरुको होसहवास उडेको छ ।
घटना हुबेइ प्रान्तको जिंगझोउ सहरको हो । यहाँकी लुंग नामकी महिलाले नयाँ फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिएकी थिइन् । सुरुसुरुमा छोरीले यसमा गेम खेल्थिन् । फोन चालु अवस्थामा भएकोले एक दिन उनले आफ्नै फोनबाट बाहिरबाट नास्ता मगाइन् । यसको पैसा तिर्नको लागि उनले आमासँग बैंकको पिन कोड मागिन् । त्यसपछि भने उनलाई बैंकको पिन याद रहन्थ्यो ।
विस्तारै उनले पुरानो फोनमा इन्टरनेटमार्फत लाइभ स्ट्रिमिङ शो हेर्न थालिन् । यस्ता शोहरु हेर्न पैसा तिर्नुपथ्र्यो । उनले आमाबुवाको बैंक खाताको पिन नम्बर प्रयोग गरेर बैंकबाट पैसा तिर्दै शो हेर्न थालिन् । यस्ता शो हेर्न उनले मोटो रकम फोनबाटै तिर्न थालिन् । मातापिता भने यसबाट पूरै अञ्जान थिए यतिमात्र होइन उनले फोनमै अनलाइन भिडियो गेम पनि खेल्न थालिन् । यो सब गरेर उनले मातापिताको बैंक खाताबाट करिब ११७ लाख रुपैयाँ खर्च गरिन् ।
पुरानो फोनमा पैसा तिरेको नोटिफिकेशन आउँदैनथ्यो त्यसैले मातापिताले यति ठूलो रकम खर्च भएको थाहा पाएनन् । करिब ६ महिनापछि मातापिताले आफ्नो बैंक स्टेटमेन्ट हेर्दा बल्ल खाताबाट १७ लाख रुपैयाँ बेपत्ता भएको थाहा भयो । त्यसपछि लुंगले प्रहरीमा रिपोर्ट लेखाउँदै एक जना कानुन व्यवसायी पनि लिएका छन् ताकि यो पैसा फिर्ता पाउन सकियोस् । यससम्बन्धि विज्ञका अनुसार लुंगले यो पैसा फिर्ता पाउन सक्छिन् तर यसका लागि उनले प्रमाणित गर्नुपर्छ कि यो रकम उनकी नाबालिका छोरीले नै खर्च गरेकी हुन् । वयस्कले खर्च गरेकोमा भने यो रकम फिर्ता आउँदैन ।
November 4, 2018 1:43 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा