बिहान उठ्ने बित्तिकै यि ५ काम गर्नुहोस् सधै फलिफाप हुनेछ !
काठमाण्डौं । बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ ।
बिहान उठ्ने बित्तिकै यि काम गर्नुहोस् सधै फलिफाप हुनेछ
१) १) तामाको लोटामा राखेको पानी खानुहोस्: बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
२) पूजा गर्नुहोस् : हरेक दिन बिहान घरमा आफुले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक उर्जा खतम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बाल्नाले वास्तुका अनुसार पनि कयौं दोषहरु हट्छन् ।
३) तुलसीमा जल चढाउनु : दिनहँु बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।
४) सूर्यलाई जल चढाउनु: शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ । स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ ।
५) योग एवं ध्यान गर्नुहोस् : लामो समय सम्म स्वस्थ रहन र शरीरलाई पूmर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो । योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ । मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रोधलाई नियन्त्रण गर्छ । मानसिक तनाब बाट मुक्ती दिलाउँछ । शरीरलाई रोग सँग लड्ने क्षमतामा वृद्धि गर्छ ।
November 4, 2018 2:35 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा