बालिकाको स्कुल ब्याग खोल्दा आत्तिएर शिक्षिका चिच्याइन, कक्षाका सबै विद्यार्थी भागाभाग
एजेन्सी। आफ्नो बच्चालाई बिहान स्कुल पठाउने बेला हरेक मातापिताको मनमा बच्चाको सुरक्षालाई लिएर अनेक कुरा खेल्छन् । पछिल्लो समय बालबालिकासँग विभिन्न डरलाग्दा घटना भएपछि मातापिता निकै सचेत हुन थालेका छन् । तर, भारतको पंजाब राज्यको तरनतारनमा यस्तो घटना भएको छ जसका कारण अभिभावकको चिन्ता झनै बढेको छ ।
यहाँको एक स्कुलमा त्यतिबेला भागाभाग भयो जब एक बालिकाको स्कुल ब्यागबाट ५ फिट लामो सर्प निस्कियो । सधैंझैं प्रार्थनापछि जब सबै बालबालिका कक्षामा गए ती बालिकाले ब्याग खोलिन् । ब्यागभित्र जिउँदो सर्प थियो सर्प बाहिर निस्किएपछि कक्षामा भागाभाग भयो । बालिकाको नजिक शिक्षिका पुग्दा सर्प देखेपछि आत्तिएर चिच्याइन् ।
हल्ला सुनेपछि स्कुल प्रशासनका व्यक्तिहरु कक्षामा पुगे । उनीहरुले बालिकाको ब्यागलाई खुल्ला मैदानमा लिएरगए । त्यहाँ ब्यागबाट किताब निकाल्दा सर्प पनि निस्कियो । सर्पको लम्बाइ देखेर त्यहाँ भएका मानिसहरुको सातो गयो किनकि सर्प ५ फिट लामो थियो । राहतको कुरा सर्पका कारण स्कुलका कसैलाई कुनै क्षति भने भएन ।
November 5, 2018 11:50 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन