विद्यालयमा भएको आगलागीमा परी ११ को मृत्यु, २० घाइते
कम्पाला, २६ कात्तिक : युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
सुतिरहेका बेला भएको आगलागीका कारण अरु २० जना जलेर घाइते पनि भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
विद्यालयका प्रधानाध्यापक हेनरी सुबुगाले घटनामा दोषी भएको आशङ्कामा केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने राकैमा रहेको सेन्ट बर्नाड सेकेन्डरी स्कुलको छात्राबासमा आगलागी भएको हो । गत आइतबार राती आगलागी भएको समाचारमा जनाइएको छ ।
आगलागी गराउनेले बाहिरबाट ढोका बन्द गरिदिएर विद्यार्थीहरुलाई भित्र थुनेर बाहिर निस्कन नमिल्ने बनाएर आगलागी गराएको प्रहरीले जनाएको छ ।
बाहिरबाट ढोका बन्द गरिदिएकाले उद्धार गर्न पनि कठिनाई भएको प्रहरी अधिकारीहरुको भनाई छ । ढोका नलगाइएको भए मानवीय क्षती पनि कम हुने प्रधानाध्यापक सुबेगाले बताउनुभयो । कतिपय शवहरु अत्यधिक जलेर पहिचान गर्न गाह्रो भएकाले प्रहरीले डिएनए परिक्षण गर्न लगाइएको उहाँले जानकारी दिनुभयो । क्षेत्रीय प्रहरी प्रमुख बेन नुवामान्याले एएफपीसँगको कुराकानीमा ११ जना विद्यार्थीको जलेर मृत्यु भएको पुष्टी गर्नुभएको छ । आगलागीमा परेर जलेर घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरु अधिकांशको अवस्थार गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
घटना भएको ठाउँ राखै जिल्ला देशको राजधानी काम्पाला देखि २८० किलोमिटर टाढा पर्दछ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा