बाँदर आतंक, १२ दिनको बच्चाको ज्यान दिनेदेखि १ लाख ६० हजारसम्म लुट
एजेन्सी। भारतको आग्रामा यतिबेला एउटा बाँदरले आंतक मच्चाएको छ। घरमा देखियो रगतका थोपा कुनै गुण्डाबीचको झगडाको नतिजा होइन। यो बाँदर आतंक हो। आग्रा नजिकै रुनकता बस्तीमा यतिबेला बाँदरको यस्तो आंतक छ की मानिसहरु घर बाहिर निस्किनसमेत गराउँछन्।केही दिन पहिला उक्त बस्तीमा १२ दिनका एक बच्चालाई बाँदरले आक्रमण गरेर मारेको थियो। आमाले आफ्नो काखमा राखेर बच्चालाई दूध चुसाइ रहेकी थिइन्। त्यत्तिकैमा बाँदर आएर ती बालकको टाउकोमा चिथोर्न थाल्यो। आमाले बच्चालाई जोगाउने कोशिश गरिन् तर सफल भइनन्। आफ्नो काममा रहेको बच्चालाई गुमाउनु परेपछि आमाको अवस्था नाजुक छ।
यसअघि पनि बाँदरले ठूला बालकलाई पनि आफ्नो शिकार बनाइ सकेको छ। सकैको अनुहारमा घाउ देखिन्छ भने कसैको खुट्टामा पट्टी बाँधेको देखिन्छ। बाँदरले बच्चालाई मात्रै होइन ठूला मानिसलाई पनि बाँकी राखेको छैन। एक जना सुतिरहेकी महिलाको कान नै काटेर बाँलरले लग्यो।
यो बस्तीमा पछिल्लो समय पुरुषहरु हातमा लठ्ठी लिएर बाँदरलाई धपाइ रहेका देखिन्छन्।
बाँदर आतंकका कारण उनीहरु धेरैले आफ्नो जागिर छोडेका छन्। उनीहरुको दिनको सुरुवात बाँदर धपाउनेबाट सुरु हुन्छ। भारतीय संचारमाध्यमका अनुसार यहाँ एक हजार भन्दा धेरै बाँदर छन्। स्थानीयका अनुसार प्रशासनले अन्य क्षेत्रमा समाएका बाँदर पनि सोही क्षेत्रमा ल्याएर छोड्ने गरेको छ। गाउँलेका अनुसार उनीहरुले बाँदर आतंकका विषयमा सम्बन्धित क्षेत्रमा उजुरी पनि गरेका छन्। तर सुनुवाइ भएको छैन। सो क्षेत्रमा बाँदरले मानिसमाथि आक्रमण गर्ने मात्र नभएर लुट्ने पनि गरेका छन्। एक युवकको सुनको सिक्री लुट्ने क्रममा बाँदरले ती युवकलाई चार तलाबाट तल झारिदिएको थियो। त्यसबाहेक एक चाँदी व्यापारीको एक लाख ६० हजार पनि बाँदरले लुटेका छन्।
November 14, 2018 12:37 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन