बीच समुद्रको सानो बस्तीः जति छिटो चर्चित भयो उति छिटो बदनाम
एजेन्सी। दक्षिण अफ्रिकाको समुद्र तटबाट केही माइल टाढा समुद्रको बीचमा रहेको एक जमिनको टुक्राको अहिले चर्चा चुलिएको छ । जति तीव्र गतिमा यो टापु चर्चित भयो उत्तिकै छिटो बदनाम पनि भएको छ । युगाण्डा र केन्याको सीमामा रहेको मिगिनगो आइल्याण्डमा २–४ वटा मात्र रुख र हरियाली छ । आधा एकड क्षेत्रफलको यो आइल्याण्डमा हेर्दाहेर्दै टिनका झुपडीहरु बने । तर, जब यहाँ बाहिरका मानिसहरुको आवतजावत बढ्न थाल्यो त्यसपछि यहाँका बासिन्दाको कालो कर्तुत खुल्न थाले ।
यो सानो आइल्याण्डमा कैयौं वेश्यालय संचालित छन् । माथिबाट हेर्दा यहाँ झुपडीहरु मात्र देखिछन् तर मिडिया रिपोर्टका अनुसार यिनीहरुको पर्दापछाडि कैयौं होटल, ब्युटी पार्लर, मसाज पार्लर चलिरहेका छन् । भनिन्छ कि यो संसारको सबैभन्दा सानो र सबैभन्दा भीडभाडवाला आइल्याण्ड हो । मिगिनगो आइल्याण्डमा धेरैजसो माछा मार्ने माझीका परिवार आएर बसेका छन् । केवल २ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो आइल्याण्डमा ५ सय भन्दा धेरै मानिसहरु बस्छन् । बाक्लो आवादीका कारण यहाँको हालत नरकभन्दा पनि खराब छ तर पनि यहाँ बसेर मानिसहरु अनेक धन्दा चलाइरहेका छन् ।
जमिनको कमी हुँदाहुँदै पनि यहाँ कैयौं बार र मदिरागृह समेत चलिरहेका छन् । यहाँ माझीहरु र बाहिरबाट आउनेहरु रमाइलो गरिरहेका देखिन्छन् । यहाँ सुरुमा माझीहरुको बस्ती बस्नुको कारण यहाँका माछा थिए । यो क्षेत्रमा निकै धेरै माछाहरु पाइन्छन् । ठूलो मात्रामा माछा पाइने हुँदा यहाँ बसेर माछाको व्यापार निकै फस्टाएको छ । यहाँका माझीहरु कर नतिरी ठूलो कमाइ गरिरहेका छन् । यो आइल्याण्डको कमाइको लोभमा केन्या र युगाण्डा यो आइल्याण्डमाथि स्वामित्वका लागि लडिरहेका छन् । गत वर्ष सेप्टेम्बरमा केन्या पुलिसमा केही अधिकारीले यहाँ गएर केन्याको झण्डा फराएपछि विवाद झनै बढेको छ ।
November 16, 2018 11:43 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा