

५ वर्षकी बालिकाको आग्रहमा किन देशभरका मानिसले कागती खाएको फोटो पोस्ट गरे ?

एजेन्सी। अस्ट्रेलियामा अहिले सामाजिक संजालमा एक च्यालेन्ज निकै चर्चित छ । च्यालेन्जअनुसार मानिसहरुले कागती चुसिरहेको फोटो सामाजिक संजालमा पोस्ट गरिरहेका छन् । उनीहरुले यो काम ५ वर्षकी एक बालिकाको आग्रहमा गरिरहेका छन् । यस्तो अनौठो आग्रह गर्ने बालिका राजधानी क्यानबेराका क्याथी र एडमकी ५ वर्षकी छोरी एनाबेल पोट्स हुन् । मानिसहरु एनाबेलका लागि यो विचित्रको च्यालेन्ज स्वीकार गर्दै कागती चुसिरहेको फोटो तथा भिडियो पोस्ट गरिरहेका छन् ।
एनाबेल विगत २ वर्षदेखि प्राणघातक ब्रेन ट्युमरसँग जुधिरहेकी छिन् । एनाबेललाई जुन क्यान्सर भएको छ त्यसलाई ‘डिफ्युज डिफ्यूज इंट्रिन्सिक पोन्टिन ग्लिओमा’ भनिन्छ । यो रोग धेरैजसो बालबालिकालाई हुन्छ । यो रोगका कारण एनाबेलका गालाहरुमा पनि पक्षघात (प्यारालाइसिस) भएको छ जसका कारण उनी मुस्कुराउन पनि सक्दिनन् । दुई वर्ष पहिले डाक्टरले उनका अभिभावकलाई उनको समस्याको बारेमा बताउँदै भनेका थिए कि उनीहरुकी छोरीसँग ९ महिना मात्र छ ।
त्यसपछि क्याथी र एडमले छोरीको ज्यान बचाउन हरसम्भव कोसिस गरे । उनीहरु एनालाई लिएर मेक्सिको गए । जहाँ करि ३३ लाख खर्च गरेर एनाको किमोथेरापी गरियो । १० राउण्डसम्म चलेको किमोथेरापीको निकै राम्रो नतिजा आयो र एनाको ट्युमर खुम्चिन थाल्यो । यही वर्षको मार्चमा किमोथेरापीको १० औं राउण्ड पूरा भएपछि उनको ट्युमर गइसकेको थियो र उनी पूर्ण रुपमा ठिक भइसकेकी थिइन् । यो थाहा पाएपछि क्याथी र एडम निकै खुसी थिए तर केही महिनापछि यो रोग पुनः बल्झियो र एना अस्पताल आउने जाने सिलसिला फेरि सुरु भयो ।अक्टोबर महिनामा एनाबेलका एक आफन्तले सामाजिक संजालमा लेखिएको एक पोस्टमा बताए कि उनको हालत निकै बिग्रिइसकेको छ । उनको दिमागबाट लगातार तरल पदार्थ निस्किइरहेको छ । उनी आफैं सास लिन पनि सकिरहेकी छैनन् र उनी बोल्न पनि निकै कठिन भइसकेको छ । यस्तो मुस्किल घडीमा पनि एनाले आफूलाई खुसी राख्न एउटा तरिका खोजिन् । त्यही तरिका अहिले निकै तीव्र रुपमा चर्चित भइरहेको छ ।
यो खास तरिकाको नाम ह्याशट्याग लेमनफेसच्यालेन्ज हो जसमा अरुको विचित्रको मुस्कान देखेर एना पनि खुसी हुन्छिन् । यो च्यालेन्जअन्तर्गत मानिसहरु आफ्नो मुखमा कागतीको दुक्रा राखेर मुस्कुराउने कोसिस गर्छन् । तर, कागतीको अमिलोका कारण उनीहरुको यो मुस्कान निकै विचित्रको हुन्छ यसरी खिचिएको फोटो निकै हाँसोलाग्दो हुन्छ । अस्ट्रेलियाका कैयौं ठूला हस्तीहरुले यो च्यालेन्ज स्वीकार गर्दै कागती चुसिसकेका छन् । हालै एनाकी आमा क्याथीले एक पोस्ट गर्दै बताएकी थिइन् कि यो च्यालेन्जमा सहभागी हुन के गर्नुपर्छ । मानिसहरु यो च्यालेन्जमा सहभागी हुँदै आर्थिक सहयोग पनि गर्न थालेका छन् ताकि एनाको उपचारका लागि पैसाको कमी नहोस् ।
November 17, 2018 12:51 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

