कब्रिस्तानमा एकै परिवारका ४ चिहानबाट मात्र दिनहुँ गायब हुन्थे चढाएका ताजा फूल
एजेन्सी। इङल्याण्डको किंग्सटनमा एक परिवारका ४ चिहानबाट सधैं चढाइएका ताजा फूल गायब हुन्थे । मृतकको परिवार यो कुराले निकै हैरान भएका थिए । किनकि कब्रिस्तानका बाँकी चिहानबाट भने यस्तो कहिल्यै हुँदैनथ्यो । ७ महिनासम्म यो रहस्यमय सिलसिला चलिरह्यो । अन्ततः परिवारले नजिकैको एक रुखमा स्पाइ क्यामेरा लुकाएर राखे । त्यसमा जुन दृश्य कैद भयो त्यो निकै आश्चर्यजनक थियो ।
रसल परिवारका दुई छोरीको असामयिक मृत्युपछि उनीहरु दुवैको शवलाई नजिकै गाडिएको थियो । यी दुई छोरीमध्ये एउटी छोरीको मृत्यु १२ र अर्कीको १८ वर्षको उमेरमा भएको थियो । दुवैको मुटुसम्बन्धी रोगका कारण मृत्यु भएको थियो । दुवै छोरीको मृत्युपछि सन्तानविहीन भएका रसल दम्पतीको पनि गतवर्ष मृत्यु भयो । त्यसपछि उनीहरुलाई पनि छोरीहरुको चिहानको छेउमै गाडियो । रसल परिवारका बाँकी सदस्यले यहाँ यी ४ जनाको चिहानमा सधैं ताजा फूल चढाउँथे तर केही घण्टामै ती फूल गायब हुन्थे ।
रसल परिवारले क्यामेरा लगाएपछि त्यहाँको घटना रेकर्ड भयो । भिडियोमा एक व्यक्ति देखिए । ती व्यक्ति सधैं एउटा निश्चित समयमा त्यहाँ आउँथे र ती ४ चिहानमा चढाइएका फूल र बुके लिएर जान्थे । रसल परिवारका एक अर्का सदस्य एलनका अनुसार यो देखेर उनीहरु निकै चकित परे । ती व्यक्ति चिहानका सबै फूल लिएर जान्थे यो मानवतालाई लज्जित बनाउने काम थियो । रसल परिवारले यसको उजुरी प्रहरीमा गरेका छन् । प्रहरीले फुटेजका आधारमा ती व्यक्तिको खोजी गरिरहेको छ । अहिलेसम्म भने उनी भेटिएका छैनन् ।
November 18, 2018 12:34 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन