बिहेका लागि बेहुलीले राखिन् अनौठो शर्त, पूरा नभए बिहे नै नगर्ने
एजेन्सी। बिहे गर्नका लागि विभिन्न शर्तहरु राखिन्छ । तर, ती शर्तहरु पारिवारिक सम्बन्धका विषयमा हुन्छन् । तर, अहिले एक बेहुलीको चर्चा बढेको छ जसले बिहेको लागि निकै अनौठो शर्त राखेकी छिन् । भारतमा मध्यप्रदेशको नागदा जिल्लाकी दीपिका सोनी नामकी यी बेहुलीले आफ्ना हुनेवाला पतिको अगाडि शर्त राखिन् कि २८ नोभेम्बरमा हुने मतदानको दिन मतदान गर्न माइती जान दिेभए बिहे गर्छु नभए बिहे नै गर्दिन । दीपिकाको शर्त पति र परिवारले मानेपछि मात्र विवाहको कार्यक्रम सुरु भयो ।
आइतबार बिहेको लागि शर्त राखेकी दीपिकाको आज विवाह भएको छ । दीपिकाको बिहे राजस्थानको झालावाड जिल्लाका नितेशसँग पक्का भएको थियो । विवाहको लगि आज १९ नोभेम्बरको दिन शुभ साइत निकालिएको थियो । अहिले मध्यप्रदेशमा चुनावी माहोल छ र दीपिकाको मतदान गर्ने इच्छा भएपछि उनले यस्तो शर्त राखेकी थिइन् । दीपिकाका अनुसार उनलाई मतदान गर्ने प्रेरणा पिता ओमप्रकाश सोनी र आमा शारदाबाट प्राप्त भएको हो । दीपिकाले १८ वर्ष उमेर हुनासाथ मतदाता परिचय पत्र बनाएकी थिइन् ।
November 20, 2018 10:36 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन