अफगानिस्तानमा २३ को मृत्यु, २० घाइते
फाराह, अफगानिस्तान, ३ मङ्सिर : अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । फाराह प्रान्तमा गत चौविस घण्टामा भएका विभिन्न घटनामा परी तीन दर्जन भन्दा बढी लडाकूहरु मारिएका र घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार बताउनुभयो ।
प्रवक्ता मोहिबका अनुसार सरकारी सुरक्षाकर्मीहरुले खाक ए सफिद जिल्लामा आइतबार बिहान तालिबान लडाकूहरुविरुद्ध जवाफी आक्रमणपछि २३ जनाको शव भेटिएको जानकारी दिनुभयो । उहाँले भीडन्तमा परी अरु २० जना लडाकू घाइते भएको र २५ जनालाई नियन्त्रणमा लिइएको पनि जानकारी दिनुभयो ।
घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । अहिले घटना भएको ठाउँमा तालिवान लडाकूहरुले प्रहरीचौकीमा आक्रमण गर्दा भएको भीडन्तमा परी केही दिन अगाडी ७० जना सुरक्षाकर्मीको ज्यान गएको थियो । पछिल्लो समयमा अफगानिस्तानको रक्षा मन्त्रालयले सरकार विरोधी लडाकूहरुविरुद्धको कारबाहीलाई बढाउदै लगेको छ ।
November 20, 2018 10:58 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा