छेउको सिटमा मोटो मान्छे परेपछि एयरलाइन्सविरुद्ध केस, १५ लाख मुआब्जा माग
एजेन्सी। बेलायतका एक व्यक्तिले ब्रिटिस एयरवेज कम्पनीविरुद्ध अदालतमा मुद्दा हालेका छन् । वेल्सका स्टिभन प्रोसरले एयरलाइन्सको एक फ्लाइटमा आफ्नो छेउमा मोटो व्यक्ति पर्दा आफूलाई चोट लागेको भन्दै एयरवेजसँग क्षतिपूर्ति मागेका हुन् । प्रोसरले क्षतिपूर्तिस्वरुप कम्पनीसँग १० हजार पाउण्ड (झण्डै १५ लाख नेपाली रुपैयाँ) माग गरेका छन् ।
घटना २०१६ मा भएको हो । स्टिभन ब्रिटिस एयरवेजको फ्लाइटमा बैंककबाट लण्डन जाँदै थिए । उनी झ्यालतिरको सिटमा बसेका थिए । उनको छेउको सिटमा अग्लो कदका मोटा व्यक्ति बसेका थिए जो आफ्नो सिटमा ठिकसँग अटाउन सकिरहेका थिएनन् । स्टिभनका अनुसार ती व्यक्तिको तौल करिब १४० किलो र उचाइ झण्डै साढे ६ फिट जति थियो यही कारण ती व्यक्तिको शरीरको धेरै भाग स्टिभनको सिटमा आएको थियो ।
स्टिभनका अनुसार उनले विमानका स्टाफसँग सिट बदल्न भनेका थिए तर विमानका सबै सिट भरिएका थिए जसका कारण स्टाफले सिट बदल्न मानेनन् । त्यसपछि उनले १२ घण्टा ४० मिनेट ती मोटा व्यक्तिसँग बिताउनुपर्यो । स्टिभनले अदालतमा आरोप लगाएका छन् कि थोरै ठाउँमा दबिएर बस्दा उनकोमेरुदण्डको जोर्नीमा चोट लाग्यो जसका कारण ३ महिनासम्म उनको काम प्रभावित रह्यो ।
एयरलाइन्सले भने स्टिभनको दावीलाई अस्वीकार गर्दै फ्लाइटबाट निस्कने बेला उनलाई मेरुदण्डसँग सम्बन्धित कुनै समस्या नदेखिएको दावी गरेको छ । स्टिभनले अहिले आएर यो घटनामा आफूलाई क्षति भएको भन्दै वेल्सको अदालतमा मुद्दा दायर गरेका छन् । ब्रिटिश एयरवेजका वकिल ज्याक हार्डिङले भने स्टिभनले घटनालाई बढाइचढाइ गरेर पेश गरेको आरोप लगाएका छन् ।
November 22, 2018 11:38 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा