Monday 29th April 2024

चिसो बढ्यो, अब के के खाने? चिसो मौसम र भोजनबारे महत्वपूर्ण जानकारी

5 years अगाडी

जाडो मौसम स्वस्थ रहन सबैभन्दा उपयुक्त समय हो । मौसम परिवर्तनसँगै स्वास्थ्यलाई चुस्त र दुरुस्त बनाउन खानामा केही फेरबदल गर्न जरुरी छ ।

स्वास्थ्य सम्बन्धि सचेत रहने व्यक्तिको लागि जाडो मौसम चुनौतीले भरिपुर्ण हुन्छ । चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । व्यायाम र यस्तो खानाको प्रयोग गर्दा राम्रो हुन्छ जुन कम मात्रामा खाए पनि शरीरमा उर्जा थप्ने र क्यालोरी वढाउने हुँदैन् ।

चिसो मौसमका उपयुक्त खाना : बिहानको खाजाले शरीरमा उर्जा थप्ने काम गर्छ। खाजामा अण्डा, फलफुल सलाद, ओट्स, बे्रड र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।

हरियो सागपातको धेरै प्रयोग : खानामा हरियो सागपात, तातो दाल, वन सुप र ताजा दही खान सकिन्छ । हरियो सागपात र अचारले मल्टिभिटामिनको कमी पुरागर्छ ।

रातमा स्वादिष्ट खाना : जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ ।राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ । जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ । तातो दुधमा हल्दी वा अदुवा मिसाएर सुत्नुअघि खानु अझै लाभदायी मानिन्छ ।

मसलेदार खानाको प्रयोग : खानामा मिठास र स्वाद थप्न प्याज लसुन, अदुवा र धनियाँ मिसाउनु उपयोगी हुन्छ । खानामा स्वाद थप्नुसगैं यसले इम्युनिटी पावर वढाउने काम गर्छ। मसलाको रुपमा प्रयोग गरिने बेसारलाई विभिन्न परिकारमा थप स्वाद थप्ने विशेष चिजको रुपमा लिइन्छ । जसले खानामा स्वादको साथै रङ्ग दिने काम गर्छ ।

व्यायाम तालिका : जाडोमा दिँनहु व्यायाम गर्न सकिँदैन् । हप्ता एकदिन व्यायाम गर्दा पनि शरीरमा उर्जा थप्न सजिलो हुन्छ । व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ । यसरी व्यायामको तालिका बनाई व्यायाम गर्न सकिन्छ ।

हर्बल चियाको प्रयोग : बजारमा विभिन्न किसिमका हर्वल चिया पाइन्छ जसले स्वस्थ राख्न मद्दत गर्दछ । कागती र क्यामोमाइल ९एक प्रकारको फूल०ले उदासीनता र व्याकुलता हटाएर तनाब मुक्त गर्छ । तातो सुप र दुधले शरीरलाई थकान मुक्त गरी शरीरलाई आराम दिन्छ।

भिटामिनको भरपुर प्रयोग : खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।

          November 22, 2018 11:47 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...