Saturday 22nd February 2025

किन घरमै पालेर सर्पलाई पूजा गर्छिन् यी चर्चित बलिउड अभिनेत्री ? कारण यस्तो छ

6 years अगाडी

एजेन्सी। सर्प भनेपछि हामी निकै डराउँछौं। यो अत्यन्तै विषालु जीवले डसेमा मृत्यु हुने भयले हामी त्रसित हुन्छौं। तर, केही मानिसहरु भने सर्पसँग डराउँदैनन्। बरु सर्पलाई निकै प्रेम गर्छन्। आज २० नोभेम्बरमा जन्मदिन मनाइरहेकी बलिउडकी चर्चित अभिनेत्री सुस्मिता सेन पनि सर्पलाई पूजा गर्छिन्। यतिमात्र होइन सुस्मिताले आफ्नो घरमै सर्प पालेर राखेकी छिन्।

११९९४ मा ब्रह्माण्ड सुन्दरीको उपाधि जित्ने सुस्मिताले १९९६ मा फिल्म दस्तकबाट बलिउड डेब्यू गरेकी थिइन्। १९७५ मा बंगाली परिवारमा जन्मिएकी सुस्मिताका पिता इण्डियन एयरफोर्सका विंग कमाण्डर थिए। उनकी आमा ज्वेलरी डिजाइनर थिइन् र दुबइमा उनीहरुको गहनाको पसल थियो। सुस्मितालाई सानैदेखि नै घस्रिने जीवप्रति प्रेम थियो। यही कारण सुस्मिताले घरमै एक पाइथन सर्प पाल्न थालिन्।पाइथन जस्तो खतरनाक सर्पलाई नियन्त्रणमा राख्नु निकै गाह्रो कुरा हो। यसबाट थाहा हुन्छ कि सुस्मिता सुन्दर मात्र होइन बहादुर पनि छिन्। आकारमा पाइथन निकै ठूलो हुन्छ। २ मिटरभदा लामो हुने यो सर्प २० किलो जतिको हुन्छ।

          November 22, 2018 12:51 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...