Saturday 22nd February 2025

पाउँनुहुनेछ चम्तकारिक लाभ,भाग्यमानीले मात्र देख्ने यो दुर्लभ शंखको दर्शन गरि यसको महिमा पढी शेयर गर्नुहोस

6 years अगाडी

तपाई भाग्यमा कत्तिको विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरि यसको महत्व जानी शेयर गर्नुहोला जिवनमा धन, सम्पती र खुसी पाउँनुहुनेछ ।तपाईलाई सुनेर अचम्म लाग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइन्छ । त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको घरमा हुन सक्छ। ती शंख मध्य केहि दस शंखका बारेमा आज हामी चर्चा गर्नेछौं। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो।

 

यो विशेषगरी धार्मिक कार्यमा प्रयोग गरिन्छ । शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो यसका बारेमा त सबैंलाई जनकारी छ । जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो ।धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ । शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ । लाखौं शंखमा दाहिना शंख एउटा पाइन्छ । हिन्दू धर्ममा प्रयोगृसम्पादन गर्नेरामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ । जुन धन प्राप्तको लागि शुभ शंख मानिने गर्छ।

मध्यावर्ति शंख यस अतभुत शंख : धेरै दुर्लभ मानिने गर्छ। यस शंखको मुखको बीचमा खुल्ला भाग रहेको हुन्छ। तपाईको सम्पूर्ण अभिलाषा पुरा गर्न यस शंख उपयोगी रहने गर्छ।

मावर्ति शंख यो शंख : प्राय बायाँ हातबाट पकडिइने गरिन्छ। यस शंख मिल्न धेरैनै दुर्लभ मानिन्छ भने यसलाई भेट्न असम्भवनै रहने गर्छ। यस शंख चमत्कारिकले भरिपुर्ण हुन्छ भने यसको घरमा स्थापना संगै दरिद्रता हट्छ भने धन प्राप्तिको शृंखला सुरु हुने गर्छ।

मोती शंख : यस शंख मानसिक चिन्ता हटाउनको लागि प्रयोग गरिन्छ भने श्वास(प्रश्वास सम्बन्धि समस्याको लागि पनि यस शंख काम आउने विश्वास गरिन्छ। यस शंखलाई जहिले पनि गंगाजलले स्नान गरिने गरिन्छ।

गणेश शंख : यो एक दुर्लभ र चमत्कारिक शंख हो। यस शंखको रुप गणेशसंग मिल्न जाने भएका कारण पनि यसलाई गणेश शंख भनिने गरिन्छ । यस शंख घरबाट नकारत्मक नजर हटाउनको लागि प्रयोग गरिन्छ भने घरमा यसले शान्त वातावरण राख्नको लागि मद्दत गर्ने गर्छ।

विष्णुशंख : यस शंख पूर्ण सेतो रंगको रहने गर्छ भने जटिल रूपाकृतिको रहने गर्छ। यस शंख भगवान विष्णुको वाहन गरुड़को आकृतिको रुपमा रहने गर्छ। यस शंखलाई धर्म शास्त्रमा “चन्द्र शंख”को रुपमा पनि वर्णन गरिएको छ। पवित्र, ईश्वरीय, दुर्लभ चमत्कारिक रुपमा जसको पनि बाधा, दुख दुर गराउन मद्दत यस शंखले गर्ने गर्छ।

दुर्लभ देवी शंख : यस शंख दुर्गाले हातमा बोक्ने गरेको शंखको रुपमा लिने गरिन्छ। धर्म शास्त्रमा यस शंखको ९ पटक प्रयोग गर्नेले असंख्य धन आर्जन गर्ने उल्लेख गरिएको छ। यस शंखलाई दैनिक पुञ्ज गर्नाले तपाईको घरमा लक्ष्मीको वास रहन सक्ला। यस शंखलै तपाईको गलामा बाध्ने शंख मालासंग अभिमंत्रित गर्नु भएमा अतुल धन मिल्न सक्छ।

मणिपुष्पक शंख : शंख महाभारत कालमा सहदेव बजाउने गरेका थिए। यस शंखले परिवारको सम्पूर्ण मनोकामना पुरा गर्न मद्दत गर्ने विश्वास गरिन्छ। यस शंखको प्रयोग गर्ने व्यक्तिलाई हृदय रोग नलाग्ने विश्वास गरिन्छ भने शरीर स्वस्थ रहन्छ।

नीलकंठ शंख : यस शंख धार्मिक ग्रन्थका अनुसार भगवान शिवले समुन्द्र मन्थनको क्रममा निक्लेको विष शेवन गर्ने क्रममा नीलकंठ शंख माथि राखेर विष शेवन गरेको थिए। यस शंख घरमा स्थापना गर्दा विषालु जनावरले दुख नदिने विश्वास गरिन्छ। यस शंखमा गाईको दुख राखेर पिउने गर्नाले स्वास्थ्य राम्रो हुने विश्वास गरिने गरिन्छ।

चक्र शंख : यस शंख भगवान विष्णुको साथमा सधै रहने गर्छ। यस शंख भगवान विष्णुले राक्षसको वधको लागि प्रयोग गर्ने गरेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। यसलाई अद्भुत कल्याणकारी साथै चमत्कारी शंखको रुपमा लिने गरिन्छ।

          November 27, 2018 11:56 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...