शिक्षिकाले भनिन्– मलाइ थाहा थियो उनी स्पेशल छन् उनलाई मात्र प्रेमको आवश्यका थियो
एजेन्सी। अमेरिकाकी १२ वर्षका एक विद्यार्थीले आफूलाई पढाउने शिक्षिकाले धर्मपुत्र बनाउन चाहेको थाहा पाएपछि उनी निकै खुशी भए। उनी पाँच वर्षदेखि नै आफ्नी आमा र भाइ बहिनीभन्दा टाढा बस्दै आएका थिए। योबीचमा दुई वटा परिवारले उनलाई धर्मपुत्र बनाउने कोशिश गरेका थिए। अब उनलाई सधैंकालागि आफ्नो परिवार प्राप्त भएको छ। उनका शिक्षिकाले उनलाई आफ्ना छोराको रुपमा स्वीकार गरेकी छन्।यो स्टोरी फ्लोरिडाकी स्कुल शिक्षिका लार्डेस लोपेज (४३) र उनका विद्यार्थी स्काट ह्वाइट (१२) को हो। लार्डेस आफ्ना श्रीमान जर्ज र दुई छोरासँग मियामीमा बस्छिन्। उता स्काट पाँच वर्षको हुँदादेखि फास्टर होममा बस्दै आएका थिए।
स्काटलाई यस्ती सिंगल मदरले जन्म दिइन् जो नशाकोे लतमा थिइन् र उनका चार बच्चा पहिलादेखि नै थिए। यही कारण महिलाको अवस्थालाई मध्यनजर गर्दै सरकारी एजेन्सीले स्काटलाई आमाबाट अगल गरेर फास्टर होममा राखेको थियो।लार्डेसले केही दिन अगाडि आफ्ना पति र छोराहरुको सहमतिपछि स्काटलाई आफ्नो छोराको रुपमा स्वीकार गरेकी थिइन्। आफूलाई धर्मपुत्रको रुपमा स्वीकार गरेको थाहा पाएपछि स्काटले उनलाई अंकमाल गरे।
लार्डेसले स्काटलाई पहिलो पटक सेक्टेम्बर २०१७ मा मियामी हाईट्स एलिमेन्ट्री स्कुलाम पाँच कक्षामा भर्ना भएका बेला देखेकी थिइन्।
त्यतिबेला उनले स्काटलाई एक्स्ट्रा केयरको आवश्यक रहेको ठानिन्। ती शिक्षिकाका अनुसार उनले जब स्काटका बारेमा जानकारी पाइन् तब उनले बालकलाई केयर गर्ने निधो गरिन्। र उनले स्काटलाई विशेष हेरचाह गर्न थालिन्।
उनले स्काटलाई यसअघि पनि दुई परिवारले धर्मपुत्रका रुपमा लिने प्रयास असफल भएको थाहा पाइन्। त्यसपछि उनले आप्ना श्रीमान र दुई छोरालाई स्काटलाई धर्मपुत्रका रुपमा स्वीकार गर्ने विषयमा सोधिन्। उनीहरु तीनै जनाले सहमति दिए। स्काटलाई धर्मपुत्रका रुपमा स्वीकार गर्ने प्रक्रिया आगामी महिना पूरा हुन्छ।
December 3, 2018 9:35 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन