

बौद्ध गुम्बाका भिक्षुको लिक भएको ३०० जिबी भिडियोले संसार हल्लियो

काठमाडौ । यतिबेला एउटा लिक भएको भिडियोका कारण संसार हल्लिएको छ । बौद्ध धर्ममा भिक्षुलाई अति सम्मान र पुजन गरिन्छ । भिक्षुले सांसरीक सुख, भोग विलास र खानपान त्याग गरेका हुन्छन् । यसैले उनीहरुमाथी ठूलो सम्मान हुन्छ । तर ताइवानमा लिक भएको भिडियोका कारण भिक्षुको भित्रि अवतार देखेर संसार चकित बनेको छ । एक बौद्ध भिक्षुको समलैंगिक (गे) सेक्स भिडियो लिक भएपछि हलचल मच्चिएको हो । लागूपदार्थको नशामा रहेका बौद्ध विभिन्न पुरुषहरुसँग समलैंगिक सम्बन्ध राख्दै गरेको भिडियो लिक भएको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।
भिडियो लिक हुने भिक्षुको नाम काई हुंग रहेको छ। उनलाई ताइवानको धार्मिक जगतमा विशेष सम्मान मिल्ने गरेको थियो। स्थानीय मीडिया रिपोर्ट द्वारा रिलीज गरिएको उक्त भिडियोमा उनी आफ्नो श्रीमान उत्कृष्ट भएको बताउँदै गरेको पनि देख्न सकिन्छ। मिडिया रिपोर्टको अनुसार, यी भिक्षुको दुई थप भिडियोहरू पनि लिक भएका थिए। यी भिडियोहरुमा उनी विभिन्न लागूपदार्थको शेवन गरिरहेको देखिन्छ। साथै विभिन्न पुरुषहरुसँग सम्बन्ध राख्दै गरेको दृश्य भएका भिडियोहरु लिक भएका हुन्। लागूपदार्थको नशामा उनले गरेका लाजमर्दो हर्कतहरु भिडियोमा रहेको बुझिएको छ। केहिमा उनी नशामा उपदेश दिँदै गरेको देखिन्छ भने केहिमा अश्लिल हर्कत गर्दै गरेको।
स्थानीय मिडियाहरुको अनुसार ती भिक्षु बौद्ध धर्मले बन्चित गरेको सम्पूर्ण कार्यमा संलग्न हुने गरेका थिए। बौद्ध धर्ममा मासु खान वन्चित गरिएको भएता पनि उनी दैनिक जस्तो मासु खाने गर्छन्। यति मात्र नभई यौन क्रिया माथि पनि बौद्ध धर्मले भिक्षुहरुलाई निषेध गरेको भएता पनि उनी भने यौन क्रिया भने पछि मरिहत्ते गर्ने मिडियाहरुको आरोप रहेको छ।स्थानीय मिडियाहरु आफूसँग उक्त भिक्षुको यस्तै अश्लिल हर्कतको ३०० जीबी बारबारको भिडियो रहेको बताइरहेका छन्। यो भिडियो बाहिर आएपछि बौद्ध भिक्षुहरुलाई विवादमा तानेको छ । सामाजिक सञ्जालहरुमा विश्वभरी नै नानाथरीका टिकाटिप्पणी गरिएको छ ।
December 3, 2018 2:42 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

