Monday 20th May 2024

सिफारिस गरेका ४ देशका राजदूतविरुद्ध उजुरी नै परेन

5 years अगाडी

काठमाडौं, १८ मंसिर । संसदीय सुनुवाई विशेष समितिमा सरकारले सिफारिस गरेका ४ देशका राजदूतविरुद्ध उजुरी नपरेको पाइएको छ ।सरकारले भारतका लागि राजदूत सिफारिस गरेका निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएका अञ्जान शाक्यविरुद्ध उजुरी नपरेको संसदीय सुनुवाई विशेष समितिले जनाएको छ ।

समितिले अब ती सिफारिस गरिएका राजदूतको योग्यता, क्षमता र कार्ययोजनाबारे छलफल गर्न १९ गते बैठक बोलाउन सचिवालयलाई निर्देशन दिइसकेको समितिका सभापती लक्ष्मणलाल कर्णले जानकारी दिए ।

          December 4, 2018 2:28 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...