Tuesday 21st May 2024

पैसा अभावमा बच्चा गर्भवती महिलाको मृत्यु

5 years अगाडी

उदयपुर / एक महिलाले ९ महिनासम्म शिशुलाई आफ्नो पेटमा बोकेकी हुन्छिन् । उनी त्यतिखेर बच्चाको लागि पोषणयुक्त खानेकुरा खान्छिन, बच्चाको राम्रोको लागि आराम गर्छिन, सम्पूर्ण तनावबाट मुक्त हुने कोशिश गर्छिन् । उनी र उनका श्रीमान् पेट भित्रको बच्चा कहिले बाहिर आउने दिनको पर्खाइमा रहन्छन् । बच्चा कस्तो होला स्वस्थ होला कि नहोला ? मनमा अलिकति डर र धेरै उत्साह बोकेर उनीहरु दिन बिताइरहेका हुन्छन् । यस्तै अनेक उत्सुक्ताहरु हुन्छन् ।

तर, नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाई रहँदा बच्चा जन्माउन नपाउँदै बेलका नगरपालिका ६ की १९ वर्षिय सम्झाना राई संसारबाट विदा भएकी छिन् । उनी घरबाट बच्चा जन्माउन बेलका नगरपालिका ९ मा आफ्न्तकामा आएकी थिईन् । तर, आर्थिक अवस्था कमजोर भएका कारण सुत्केरी गराउन रामपुर बर्थिङ सेन्टरमा आउँदा आउँदै बाटैमा मृत्यु भएको थियो । केही दिन अगाडी रामपुर स्वास्थ्य चौकीमा गर्भवतीको चेक जाँच गर्ने क्रममा बच्चा उल्टो देखिएकोले स्वास्थ्य कर्मीले सुविधा सम्पन्न अस्पतालमा बच्चा जन्माउन आग्रह गरेका थिए । तर, आर्थिक अवस्था कमजोर भएकोले बाहिर सुविधा सम्पन्न अस्पतालमा जान नसकेपछि उनको मृत्यु भएको हो ।

उनको मृत्युको कारण भने आर्थिक अवस्था नै रहेको बुझिएको बेलका नगरपालिका मेयर दुर्गा थापा (स्वस्तिक)ले बताए । महिलालाई प्रस्य व्यथा लागेपछि श्रीमान निसान रार्इ श्रीमतिलाई एक्लै टेम्पोमा चढाएर स्वास्थ्य चौकी पठाएर आफु पैसा खोज्न तिर लागेपछि स्वास्थ्य चौकी नआई पुग्दै गर्भवतीको मृत्यु भएको मेयर थापाले बताए । मेयर थापाका अनुसार उनीहरुको १३ वर्षकै उमेरमा माया पिरती बसेपछि भागी विवाह गरेर गरेका थिए । उनकी एक अढाई वर्षको छोरी समेत रहेको छ । अर्थिक अवस्था कमजोर, अशिक्षा, बेरोजगारीको कारण गर्भवती महिलाको ज्यान जाने गरेको छ । यो एउटा प्रतिनिधि घटना पात्रमात्र हुन् । नेपालमा आर्थिक अभावले ज्यान गुमाउने गर्भवती महिलाको संख्या उलेख्य छ ।

          December 5, 2018 12:52 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...