Saturday 22nd February 2025

यो गोरु कसरी बन्यो बडी बिल्डर? यस्तो छ कारण

6 years अगाडी

एजेन्सी । अस्टे्रलियाको एक ६ फीट  इन्चको गोरुको फोटोपछि अब बडी बिल्डर गोरुको फोटो भाइरल भएको छ । यस गोरुका अदभुत मसल्स देखेर हरेक मानिस हैरान बन्छन् । यस्तो जातीको गोरु आफै जन्मेको बताइन्छ । उता विशज्ञहरुले भने कुनै गलत साइन्टिस्ट एक्सपेरिमेन्को नतिजाले यस्तो भएको हुनसक्ने बताउँछन् । यस बडी बिल्डर गोरुलाई लिएर सामाजिक सञ्जालमा बहस भएको छ । मानिसहरुले यो जातको प्रशंसा गरिरहेका छन् । तर, जनावर अधिकारवादी भने यसलाई जनवारमाथिको अत्याचार बताउँछन् ।

जनावरलाई ठूलो र मसल बनाउ गलत एक्सपेरिमेन्ट गरिने बताईन्छ । यस्तो परीक्षणले जनावर बढ्छन् तर, कहिलेकाही उनीहरुमाथि खतरनाक रोग लाग्छ । एक व्यक्तिले गोरुको हरेक पार्टमा मसल देखिएको भन्दै यो स्टेरोइड बिना हुन नसक्ने बताएका छन् । उनले यस्तो हुनु वैधानिक भए निकै दुखको कुरा भएको बताए ।

मिरर रिपोर्टका अनुसार केही जानकारहरुले तरकारी जस्तै केही जनावारलाई पनि इन्जेक्सन दिएर ठूलो बनाइएको बताएका छन् । जुन किसिमले तरकारीमा औशधी प्रयोग गरेर हुर्काइन्छ त्यसै गरि जनावरलाई पनि इजेक्शन दिएर जबरजस्ती बढाइन्छ ।केहीले भने यो गोरु बेल्जियन जातको भएको बताएका छन् ।र यस्तो जन्मअनुसारै भएको बताएका छन् । तर, बेल्जियन ब्रीडलाई जेनेटिक म्यूटेशनका कारणले धेरै किसिमका समस्या आउने गरेका छन् । तर, सामाजिक सञ्जालमा भाइरल बनेको यो गोरु बेल्जियन ब्रीड भए नभएबारे पुष्टि भएको छैन ।

          December 5, 2018 3:15 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...