Tuesday 30th April 2024

भारतसहित चार देशका प्रस्तावित राजदूतको सुनुवाई २३ गते हुने

5 years अगाडी

काठमाडौं, १९ मंसिर । भारतसहित चार देशका लागि सिफारिस गरेका राजदूतका बारेमा मंसिर २३ गते आइतबार संसदीय सुनुवाई हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको बुधबारको बैठकले चारै देशका लागि सिफारिस भएका राजदूतहरुलाई सुनुवाईका लागि बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सरकारले निलाम्बर आचार्य (भारत), उदयराज पाण्डे (मलेसिया), कृष्णप्रसाद ढकाल (युएई) र अन्जान शाक्य (इजरायल) का लागि राजदूत सिफारिश गरेको छ।

त्यसअघि समितिले २१ गते दिउँसो उजुरीकर्तासँग छलफल गर्नेछ। उनीहरुविरुद्ध समितिमा कुनै उजुरी नपरेको बताइएको छ ।

          December 5, 2018 3:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...