Tuesday 30th April 2024

अचानक चिसो बढ्यो, हल्का हिमपात र वर्षासमेत हुन सक्ने

5 years अगाडी

काठमाडाैं, २२ मंसिर । मौसम बदली भई अचानक चिसो बढेको छ । वायु प्रदुषण तथा पश्चिमी हावाको प्रभावका कारण केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मीनकुमार अर्यालले मौसमी प्रभाव तथा पश्चिमी हावाका कारण दिउँसो बादल लाग्दा चिसो बढ्दै गएको बताए । उनले मुलुकभरिकै तापक्रम घट्ने क्रममा रहेको जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ६ डिग्रीसम्म पुगेको छ । हिजो न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो ।

विगतझैँ यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान महाशाखाको छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

          December 6, 2018 3:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...