Tuesday 21st May 2024

क्याम्पस भवनको छतबाटै हाम फालिन् १७ वर्षीया छात्रा, कारण बाबुआमा

5 years अगाडी

धनगढी । धनगढीको एक विद्यालयमा अध्यनरत एक छात्राले भवनको तेस्रो तलाबाट हाम फालेकी छन्। धनगढीको सुदूरपश्चिम एकेडेमीको कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्रा पूजा चौधरीले बिहीबार क्याम्पस भवनको तेस्रो तलाबाट हामफालेकी हुन्।

हाम फाल्नुको मूख्य कारण खुल्न नसके पनि घरमा सँधैजसो हुने बाबु आमाको झगडाले तनावमा आएकी पूजाले आत्माहत्या गर्न स्कुलको छतबाट हाम फालेको हुनसक्ने अनुमान गरिएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएकी पूजा धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलमा भाडाको कोठामा बस्दै आएकी छन्।

पूजाले क्याम्पसको हाफ छुट्टी हुने समयमा छतबाट हामफालेको विद्यालयले जनाएको छ। अहिले पूजाको कोहलपुर अस्पतालमा उपचार भईरहेको र उनको एउटा खुट्टा भाँचिएको अस्पताल स्रोतले जनाएको छ।

          December 7, 2018 11:38 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...