Friday 17th May 2024

यति धेरै सपना बोकेर अष्ट्रेलिया पुगेका नेपाली छोराको कसरी भयो निधन

5 years अगाडी

अस्ट्रेलियामा एक नेपालीको युवाको मृत्यु भएको छ।केही महिना अघि उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका मोरङका २० वर्षीय मिलन तामाङको मृत्यु भएको हो। उनको ब्रेन ह्याम्रेजबाट मृत्यु भएको जनाइएको छ।उनी अस्ट्रेलियाको सिड्नी अवर्नमा बस्दै आएका थिए।

अस्ट्रेलिया स्थित तामाङ सोसाइटी अफ यन यस् डब्लुका अनुसार अहिले उनको पार्थिव शरीर नेपाल लैजाने तयारी भैरहेको छ । मिलनको पार्थिव शरीर नेपाल पठाउन परिवारको सहयोगको लागि तामाङ सोसाइटी अफ यन यस् डब्लुले आर्थिक सहयोग संकलन अभियान पनि संचालन गरेको छ।

          December 7, 2018 3:06 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...