Sunday 9th November 2025

ब्राजिलमा बैंक लुट्न गरिएको आक्रमणमा ११ जनाको मृत्यु

7 years अगाडी

रियो दि जेनेरियो, ब्राजिल,  मङ्सिर : ब्राजिलमा दुई बैंक लुट्न शुक्रबार विहानै गरिएका आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

उत्तरपूर्वी ब्राजिलमा शुक्रबार शुक्रबार विहानै भएको उक्त आक्रमणमा छ जना लुटेराको प्रहरीको गोली लागि मृत्यु भएको छ भने एक बच्चासहित पाँच जना बन्धक बनाइएका व्यक्तिहरूको पनि ज्यान गएको सेयरा राज्यको मिलाग्रेस शहरका नगर प्रमुख लियलसन ल्यान्डिजलाई उद्धृत गरी ब्राजिलको रेडियो व्यान्ड न्यूजले बताएको छ । सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको छ ।

          December 8, 2018 11:27 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...